बालेनले तोकेको नयाँ जिम्मेवारीलाई गरे वडाध्यले अस्वीकार

Author

सजिलो पत्रिका

2082 Jestha 4, Sunday १४:२६

183
Share
Featured

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह (बालेन) ले विभिन्न समितिको नेतृत्व परिवर्तन गर्नेगरि जेठ १ गते गरेको निर्णयलाई वडाध्यहरूले अस्वीकार गरेका छन् ।

वडाध्यक्षहरू दलबहादुर कार्की, वीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले आइतबार मेयर बालेनलाई सामूहिक हस्ताक्षरसहितको एक पत्र लेख्दै कार्यपालिकाबाट अनुमोदन नगरी दिइएको जिम्मेवारीमा नबस्ने बताएका हुन् ।

‘…हामी तपसिलका नगर कार्यपालिकाको सदस्यलाई काठमाडौं महानगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन नियमावली, २०७४ को नियम १५ उपनियम (१) बमोजिमको तपसिलका विषयगत समितिका संयोजकको जिम्मेवारी तोकिएको व्यहोरा जानकारी हुन आएकोमा उक्त तोकिएको जिम्मेवारीको विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले तत् तत् जिम्मेवारीमा नरहने व्यहोरा अनुरोध गर्दछौँ’, तीनै वडाध्यक्षले भनेका छन् ।

बालेनले जेठ १ गते काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकेका थिए ।

बालेनले सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समितिमा हेरफेर गरेका थिए ।

जेठ १ अघिसम्म ती समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक थिए ।

बालेनको निर्णयअनुसार जेठ १ देखि ती समितिमा क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका थिए । रेजिना उपनिर्वाचनबाट विजयी रास्वपाकी नेतृ थिइन् । उनले भने नयाँ जिम्मेवारीबारे केही बोलेकी छन् ।

वडा नं. १७ का अध्यक्ष मानन्धर त्यसअघि २ साउन २०७९ मा महानगरका प्रवक्ता बनेका थिए । उनलाई सूचना प्रविधि समिति संयोजकबाट हटाएर प्रजापतिलाई तोकिएको थियो ।

गत चैत २१ गते काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गराउन मुख्य भूमिका खेलेका मानन्धरलाई समिति संयोजकबाट हटाइएको थियो । समिति संयोजकबाट हटाइए पनि मानन्धरलाई प्रवक्तामा यथवत राखिएको बालेनको सचिवालयले जनाएको छ।

गुरागाईंलाई वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराउँदा मानन्धर अग्रमोर्चामा थिए । त्यसपछि उनले बालेनलाई तीन वर्षसम्म काँधमा हालेर बोके पनि अब नसकिने बताउँदै आएका थिए । अब अन्य तीन वडाध्यक्षले पनि बालेनको निर्णय नमान्ने घोषणासहित कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् ।

‘हामीलाई समिति संयोजक भनेर तोकेको पत्र दिइएको थियो । तर हाम्रो जिम्मेवारी कानुनत: कार्यपालिका बैठबाट अनुमोदित हुनुपर्छ । कार्यपालिका बैठक नै २०८१ पुस १० गतेयता बस्न सकेको छैन’, प्रजापतिले भने, ‘मेयरलाई निर्णय गर्ने अधिकार छ तर त्यसलाई कार्यपालिका बैठकले अनुमोदन गरे मात्रै लागु हुन्छ । त्यसैले हामीले कार्यपालिका बैठक बोलाउन माग गरेका छौँ ।’


यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँबालेन शाह

ट्यागहरू

#बालेन शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू