बुधबार घट्यो सेयर बजार, कारोबार रकम १० अर्ब ६९ करोड

Author

सजिलो पत्रिका

2082 Jestha 7, Wednesday

12
Share
Featured

काठमाडौँ

आज शेयर बजार घटेर बन्द भएको छ । 

यद्यपि अघिल्लो दिनको तुलनामा भने आज ७.९४ अंकले बजार घटेकाे हाे । बजार घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ३१ करोडको कारोबार भएकोमा आज १० अर्ब ६९ करोडको छ ।

९३ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक घटे । बैंकिङ ०.२५, विकास बैंक ०.१४ प्रतिशत बढे भने अरु घटेका छन् । फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१२, हाइड्रोपावार १.०, लगानी ०.१३, जीवन बीमा ०.१५, उत्पादन ०.६८, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.०१, अन्य ०.६३ तथा व्यापार ०.५१ प्रतिशत घटे । ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सिन्धु विकास बैंकको ५.११, सप्तकोशी विकास बैंकको ४.७४, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२५ तथा एनएलजी इन्स्योरेन्सको ४.१२ प्रतिशत मूल्य बढ्यो ।

स्वेतगंगा हाइड्रोपावरको ८.३२, मातृभूमि लघुवित्तको ६.२, बोटलर्स नेपाल बालाजुको ५.८८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, माउन्टेन इनर्जी, ङादी ग्रुप, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स छन् ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौँ, जेठ २७ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। बजारमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले अल्पकालीन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।राष्ट्र बैंकले २१ दिनका लागि 'निक्षेप संकलन' उपकरणमार्फत यो रकम

    Data is loading...

    Loading brands...

    Loading footer...