गणतंत्र दिवस :नेताहरूको विलासी जीवनशैली र जनआक्रोश !

Author

सजिलो पत्रिका

2082 Jestha 15, Thursday १७:०१

55
Share
Featured

नेपालमा गणतन्त्रको शुरुवात भएको एक दशक वढी भै सकेको छ। त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे।  वि. सं. २०४७ सालबाट नेपाल संवैधानिक राजतन्त्रात्मक देश कायम भयो। लोकतन्त्रको लागि भएको ऐतिहासिक  जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको  हो।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतंत्र  स्थापना भएको एक दशकभन्दा बढी भइसकेको छ। राजाको प्रत्यक्ष अधिनायकवादी शासनविरुद्ध लडेर नेपाली जनताले यो व्यवस्था स्थापित गरेका थिए। तर, दुर्भाग्यवश, अहिले यो व्यवस्था आफैँ चुनौतीपूर्ण अवस्थामा गुज्रिरहेको छ। यसको मुख्य कारण भनेको राजनीतिक दलका नेताहरूको आचार र विचारमा देखिएको विचलन नै हो।

सङ्घीय लोकतान्त्रिक गणतंत्र आएपछि पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नहुनु र नेताहरूले गणतान्त्रिक आचरण नअपनाउनुले व्यवस्थाप्रति नै नकारात्मक धारणा उत्पन्न भएको छ। यसले गर्दा, अहिले व्यवस्थामाथि नै  सङ्घीय लोकतान्त्रिक गणतंत्र  नै गलत हो कि भन्ने भ्रम  फैलिन थालेको छ । यसको मूल कारण नेताहरूप्रतिको वितृष्णा नै हो।

सङ्घीय लोकतान्त्रिक गणतंत्र  स्थापना भएयता देशले विकास नै नगरेको भने होइन। भौतिक संरचना विशेषगरी सडक निर्माण र विद्युत् उत्पादनमा अतुलनीय प्रगति भएको छ। आर्थिक सामाजिक विकासमा पनि देशले छलाङ मारेको छ। तैपनि, जनजीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव नदेखिनुले जनमानसमा अहिलेको अवस्थाप्रति आक्रोश देखिएको छ।

दुर्भाग्यवश, जनआक्रोशका कारक राजनीतिक दलका प्रमुख नेताहरू को अहंकार र आचरणमा देखिने विलासी जीवनशैलीले नै मूलतः जनतामा आक्रोश उत्पन्न गरेको हो। यसैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको हित गर्ने हो भने नेताहरूको बकबक पहिले बन्द हुनुपर्छ ।किनभने अहिलेको अवस्था उत्पन्न भएकै नेताहरूको आचरणका कारणले हो।

के नेताहरूले जनताको भावनालाई बुझेर आफ्नो आचरणमा सुधार ल्याउलान्र ? या यो व्यवस्थामाथिको चुनौती थप गहिरिएला ?



 

यो समाचारमा

नेपालगणतन्त्र दिवस

ट्यागहरू

#गणतंत्र दिवस#नेपालमा गणतन्त्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अर्बौंको भ्रष्टाचारले नेपालको सुशासनमाथि नै गम्भीर प्रश्न ?

    नेपालमा हालै चर्चामा रहेको एक प्रमुख भ्रष्टाचार काण्ड टेरामक्स खरिद प्रकरण काण्डा हो ।  जुन,प्रविधि खरिद प्रकरणसँग सम्बन्धित छ।नेपालमा प्रविधि क्षेत्रमा उल्लेखनिय विकास भएता पनि, अपराधको शृंखला भने उत्तिकै बढेको छ।अपराधका प्रकृतिमा प्रविधि निकै जटिल विषय हो। टेलिकम्युनिकेसनको क्षेत्रमा हुने कल बाइपास जस्ता अपराध र राजस्व छली अनि चुहावटहरू रोक्न अत्यान्तै आवश्यक छ  टेरामक्स  प्रविधि । त्यसैले दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणका निम्ति त्यस्तो प्रविधि खरिद थालिएको थियो ,तर दुखद विषय के छ भने, यसको खरिदमा पनि भ्रष्टचार काण्ड बाहिरिएको छ।दूरसञ्चार क्षेत्रको नियमन तथा अनुगमनका लागि अत्यावश्यक मानिएको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

    sajilo patrika

    मन्त्रीहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न किन हिचकिचाहट ?

    दैनिक रूपमा हुने प्रदर्शनहरूले जनजीवनमा गम्भीर असर

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू