विश्वकप लिग-२ः आज नेपालको दोस्रो खेल नेदरल्याण्ड्सविरुद्ध

Author

सजिलो पत्रिका

2082 Jestha 21, Wednesday ०१:४४

11
Share
Featured

काठमाडौँ, २१ जेठ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ। स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित यो सिरिज स्कटल्याण्डको फोर्टहिल, डुन्डीमा आयोजना भइरहेको छ। खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आयोजक स्कटल्याण्डलाई रोमाञ्चक प्रतिस्पर्धामा १ विकेटले पराजित गरेको थियो। उक्त खेलमा करण केसी नायक बनेका थिए। आजको खेलमा नेपाल सोही जितको लयलाई निरन्तरता दिँदै महत्वपूर्ण अंक जोड्ने लक्ष्यमा हुनेछ।

नेपाल र नेदरल्याण्ड्सबीचको पछिल्लो पाँच एकदिवसीय खेलको नतिजा हेर्दा नेपालले दुई खेलमा जित हात पारेको छ भने तीन खेलमा पराजय बेहोरेको छ।

स्कटल्याण्डमाथिको जितसँगै नेपाल ८ अंकसहित अंक तालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ। युएई ६ अंकसहित अन्तिम स्थानमा छ। लिग-२ को अंक तालिकामा २० खेलबाट २८ अंक जोडेको संयुक्त राज्य अमेरिका शीर्षस्थानमा छ। २६ अंकसहित नेदरल्याण्ड्स दोस्रो र २४ अंकसहित ओमान तेस्रो स्थानमा छन्। चौथो स्थानको स्कटल्याण्ड र पाँचौं स्थानको क्यानडाको समान २० अंक छ भने नामिबिया १४ अंकसहित छैटौं स्थानमा रहेको छ।

यो समाचारमा

नेपालनेदरल्याण्ड्ससंयुक्त राज्य अमेरिकाकरण केसी

ट्यागहरू

#विश्वकप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

    काठमाडौँ, जेठ २७ । आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।  ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ। यस दिवसले खेललाई बालबालिकाको समग्र विकासको आधार स्तम्भका रूपमा स्थापित गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ।खेललाई केवल मनोरञ्जनको साधन मात्र नभई, सबै उमेर

    sajilo patrika

    नेपाल लाओससँग पराजित

    नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

    नेदरल्याण्डविरूद्ध नेपाल ब्याटिङमा

    आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू