नेपाल लाओससँग पराजित

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday १४:४३

11
Share
Featured

काठमाडौँ । 

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ । न्यु लाओस राष्ट्रिय रङ्गशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो । 

लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे । नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो । लाओसका लागि दामोथले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो । लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । 

खेलमा २–० गोलले पछि परेको नेपालले खेलको ७१ औँ मिनेटमा एक गोल फर्कायो । नेपालका मनिष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र खेलको ७१ आँै मिनेटमा फाउल हाने । त्यसपछि नेपालले पेनाल्टीको अवसर प्राप्त ग¥यो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै मनिषले गोल गरे ।

त्यसपछि खेलमा गोल हुन सकेनन् र अन्ततः लाओसले नेपालमाथि २–१ गोलको एतिहासिक जित दर्ता ग¥यो । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । दुई खेलको समाप्तिमा नेपालले अङ्कको खाता खोल्न सकेको छैन ।

यसैगरी नेपाल र लाओस यसअघि छ पटक आमने सामने भएका थिए । जसमा नेपालले चार खेलमा लाओसलाई हराउँदा दुई खेल बराबरीमा सकिएका थिए ।

नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । प्रतियोगितामा समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९ औँ एसियन कप फुटबल प्रतियोगितामा भाग लिन पाउने छन् । नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ । 

यो समाचारमा

काठमाडौँकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

    काठमाडौँ, जेठ २७ । आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।  ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ। यस दिवसले खेललाई बालबालिकाको समग्र विकासको आधार स्तम्भका रूपमा स्थापित गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ।खेललाई केवल मनोरञ्जनको साधन मात्र नभई, सबै उमेर

    sajilo patrika

    नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

    नेदरल्याण्डविरूद्ध नेपाल ब्याटिङमा

    आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

    एसियन कप छनोट: पहिलो अंकको खोजीमा नेपाल, आज लाओससँग भिड्दै

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू