काठमाडौँ।
नेपालले आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यन्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर फिल्डिङको निर्णय लिए । नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । चोटका कारण सोमपाल कामी र गुल्शनकुमार झा आजको खेलमा देखिएका छैनन् । उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ ।
नेपाल तेस्रो जितको लक्ष्यमा छ । यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । यस्तै नेपाल स्टकल्यान्डसँगको पछिल्लो भेटमा भने दुई रनले पराजित भएको थियो । यता नेदरल्यान्ड्स पहिलो जितको लक्ष्यमा छ । नेदरल्यान्ड्सले स्कटल्यान्डसँग पनि ४४ को पराजय बेहोरेको थियो ।