आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

Author

सजिलो पत्रिका

2082 Jestha 28, Wednesday ०३:४९

10
Share
Featured

काठमाडौँ, जेठ २७ । 

आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।  ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ। यस दिवसले खेललाई बालबालिकाको समग्र विकासको आधार स्तम्भका रूपमा स्थापित गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ।

खेललाई केवल मनोरञ्जनको साधन मात्र नभई, सबै उमेर समूहका मानिसहरूलाई जोड्ने साझा भाषाको रूपमा लिइन्छ। यसले सामाजिक समावेशीकरणलाई बढावा दिनुका साथै मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

विशेषगरी बालबालिकाका लागि खेलले सम्बन्ध निर्माण गर्ने, समस्या समाधान गर्ने, र रचनात्मक तथा अन्य विभिन्न सीपहरू विकास गर्न मद्दत गर्दछ। यसै महत्वलाई मनन गर्दै संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको धारा ३१ ले खेललाई प्रत्येक बालबालिकाको मौलिक अधिकारको रूपमा प्रत्याभूत गरेको छ।

पछिल्लो समय शिक्षा प्रणालीमा समेत खेलमा आधारित सिकाइ (खेलमूलक शिक्षा) लाई अपनाइएको छ, जसले सिकाइ प्रक्रियालाई थप रोचक र प्रभावकारी बनाएको प्रमाणित भएको छ। यस दिवसका अवसरमा बालबालिकाको जीवनमा खेलको महत्वलाई प्राथमिकता दिन र उनीहरूको खेल्न पाउने अधिकार सुनिश्चित गर्न सबै सरोकारवालाहरूलाई आह्वान गरिएको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपाल लाओससँग पराजित

    काठमाडौँ ।  एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओसँग पराजित भएको छ । न्यु लाओस राष्ट्रिय रङ्गशालामा भरखरै सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलो पटक पराजित भएको हो । लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान

    sajilo patrika

    नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

    नेदरल्याण्डविरूद्ध नेपाल ब्याटिङमा

    आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

    एसियन कप छनोट: पहिलो अंकको खोजीमा नेपाल, आज लाओससँग भिड्दै

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू