काठमाडौँ, जेठ २१।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमामा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान लिएका छन् । बैठकमा भिजिट भिसा प्रकरणको विषय उठेपछि गृहमन्त्री लेखकले राजीनामा नदिने अडान लिएका हुन् ।
विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेका थिए । तर, गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने माग गरेका छन् । यसका निम्ति वातावरण बनाइदिन विपक्षी दललाई मन्त्री लेखकले आग्रह समेत गरे ।
समितिका सदस्यहरुले भिजिट भिसा प्रकरणबारे मन्त्री लेखकको जवाफ समेत मागेका थिए । तर मन्त्री लेखकले समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरुले जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने बताएका छन् ।
गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
अरूण जेटली स्टेडियमले पिच एन्ड ग्राउन्ड अवार्डमार्फत ५० लाख पाउँदा प्लेअर अफ दि टुर्नामेन्ट सुर्यकुमार यादव भए, उनले १५ लाख पाए ।
सिजनमा सर्वाधिक ७५९ रन बनाउने गुजरातका साई सुदर्शनले ओरेन्ज क्यापसहित १० लाख रूपैयाँ पाए भने सर्वाधिक २५ विकेट लिने प्रसिद्ध कृष्णले पर्पल क्यापसहित १० लाख रूपैयाँ पाए । १४ वर्षीय वैभव सूर्यवंशी सिजनको सुपर स्ट्राइकर चुनिए ।
गुजरातका ओपनर साई सुदर्शनले अधिकतम व्यक्तिगत अवार्ड पाए । ओरेन्ज क्याप बाहेक उनले अल्टिमेट फ्यान्टेसी प्लेयर अफ द सिजन, इमर्जिङ प्लेयर अफ द सिजन र मोस्ट बाउन्ड्री (चौका) को अवार्ड पनि पाए।
सबैभन्दा बढी चौका हान्ने मुम्बईका सूर्यकुमार यादव प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर बने भने सबैभन्दा बढी छक्का हान्ने निकोलस पुरन, ग्रिन डाट बाल मोहम्मद सिराज र कैच अफ दी सिजन कमिंदु मेंडिसले पाए । सबैले १०–१० लाख रकमसमेत प्राप्त गरे ।