शैक्षिक भ्रमणबाट फर्किरहेका विद्यार्थीको बसमा आक्रमण,तीन जना पक्राउ

Author

सजिलो पत्रिका

2082 Jestha 21, Wednesday ०८:१८

44
Share
Featured

काठमाडौँ,जेठ २१ ।

शैक्षिक भ्रमण पोखराबाट काठमाडौँ फर्किरहेका विद्यार्थी सवार बसमाथि मध्यरातमा ढुंगामुढा भएको छ। उक्त आक्रमणमा परी पाँच विद्यार्थी घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले बसका एक चालक, एक सहचालक र एक ग्यारेजमा काम गर्ने व्यक्ति गरी तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार जेठ १८ गते राति करिब साढे ११ बजे पोखरा महानगरपालिकास्थित चाउथेमा बा १ प ९१६ नम्बरको बसमाथि ढुंगा प्रहार भएको थियो। उक्त बस ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीका विद्यार्थीहरूलाई लिएर शैक्षिक भ्रमण सकेर काठमाडौंतर्फ जाँदै थियो।

प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा चितवन घर भई बस चालकको  ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भई बसमा सहचालकको काम गर्ने ३० वर्षीय मानप्रसाद खरेल र गोरखाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टालाई पक्राउ गरेको हो। उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।

घाइते विद्यार्थीहरूको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ। पक्राउ परेका तीनैजनालाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवको कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ताले जानकारी दिएका छन्। आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

नेपाल प्रहरीकाठमाडौँपोखरा

ट्यागहरू

#पक्राउ#पोखरा#आक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू