नेपालमा महंगी दर १.६३ प्रतिशतले घट्यो

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday

12
Share
Featured

काठमाडौं ।

नेपालमा महंगी दर १.६३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोहि अवधिको तुलनामा चालु आर्थिक महँगी दर घटेको पाइएको हो ।

राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशत छ । गत वर्षको सोही अबधिमा यस्तो मूल्य वृद्धिदर ४.४० प्रतिशत थियो ।

त्यसैगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ ।

तर, तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अघिल्लो वर्षकोे वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेकोमा २०८२ वैशाख महिनामा यस्तो मुद्रास्फीति घटेर ३.९५ प्रतिशतमा झरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौँ, जेठ २७ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। बजारमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले अल्पकालीन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।राष्ट्र बैंकले २१ दिनका लागि 'निक्षेप संकलन' उपकरणमार्फत यो रकम

    Data is loading...

    Loading brands...

    Loading footer...