
काठमाडौँ, जेठ २६ । प्रमुख प्रतिपक्षी दलको निरन्तरको अवरोधका बीच संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो बस्ने बैठकमा बजेटमाथिको छलफल प्रारम्भ गर्ने महत्त्वपूर्ण कार्यसूची भए पनि संसद सुचारु हुनेमा भने अनिश्चितता कायमै छ ।प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा...