ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

Author

सजिलो पत्रिका

2082 Baisakh 27, Saturday ११:३४

20
Share
Featured

काठमाडौँ ।

अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन् ।  शनिबार ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन् ।

उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ । दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुँदा हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ । त्यसकारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो । यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो । यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नुपर्छ ।’

यसैगरी उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले अहिलेसम्म पुरानो पार्टीहरुले विकास त गरेको तर प्रयाप्त रुपमा गुणस्तर नभएको बताए । उनले पुरानो पार्टीहरुका कारण नै रास्वपा जस्तो पार्टी उदाएको भन्दै कृतज्ञता समेत व्यक्त गरे । 

‘हामीले अहिलेसम्म पुरानो पार्टीहरुले जसरी राजनीतिक रुपमा परिवर्तनहरु गर्नुभयो म उहाँप्रति सम्मान व्यक्त गर्छु । किनभने निर्दलीय व्यवस्थालाई बहुदलीय व्यवस्थामा नल्याएको भए राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो पार्टी नै आउँदैनथ्यो । त्यो बाटो बनाइदिनु भएकोमा कृतज्ञता छ । विकास हुँदै नभएको होइन । स्कुलको संख्या ५-७ सयबाट ३४ हजारसम्म पुग्यो, बाटो लगभग एक लाख किलोमिटरसम्म पुग्न थालिसक्यो । उद्योग, मिडिया क्षेत्र सबैको विकास भयो तर हाम्रो सरोकार चै जुन गतिमा भयो जुन गुणस्तरमा भयो त्यो प्रयाप्त भएन,’ उनले भने । 

यस्तै कार्यक्रमा एमालेका सांसद सुवाङ नेम्वाङले ढुवानी सेवालाई ट्रक र गाडी दौडाउने माध्यमको रुपमा मात्र हेर्न नहुने बताए । उनले ढुवानी सेवाले राष्ट्रलाई चलायमान राख्न सहयोग पुर्याएको बताए । ढुवानी सेवाले औषधिदेखि खाद्यन्न, निमार्ण सामाग्रीदेखि कृषिउपजलगायतका सामाग्री ढुवानी गरी चलायमान बनाएको भन्दै धन्यवाद समेत दिए । 

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीमनिष झाकाठमाडौँ

ट्यागहरू

#ढुवानी#विष्णु पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू