आज अन्नपूर्ण आधार शिविर जाँदै प्रधानमन्त्री ओली

Author

सजिलो पत्रिका

2082 Jestha 20, Tuesday

2
Share
Featured

काठमाडौँ, जेठ २० । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका, कास्की-४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाँदैछन्।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा हुन लागेको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् ।

उनी मंगलबार बिहान नौ बजे हेलीकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।आधार शिविरमा ओलीले अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औँ वार्षिकोत्सव तथा शालिक अनवरण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डे, नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्ताभाल र उर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खम बहादुर गर्बुजा आधार शिविर जाने कार्यक्रम छ ।

यो समाचारमा

बद्री पाण्डेखड्गप्रसाद शर्मा ओलीखम बहादुर गर्बुजाअन्नपूर्ण
काठमाडौँ5 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    Data is loading...

    Loading brands...

    Loading footer...