
काठमाडौँ,जेठ २७ । कञ्चनपुर जिल्लामा केही दिनयता बढेको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। गर्मीलाई मध्यनजर गर्दै जिल्लाको बेलौरी नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ।नगरप्रमुख पोतिलाल चौधरीका अनुसार, गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी आज (बिहीबार) र भोलि...