बेलौरी नगरपालिकाको निर्णय: गर्मी छल्न दुई दिन विद्यालय बन्द

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday ००:४२

20
Share
Featured

काठमाडौँ,जेठ २७ । 

कञ्चनपुर जिल्लामा केही दिनयता बढेको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। गर्मीलाई मध्यनजर गर्दै जिल्लाको बेलौरी नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ।

नगरप्रमुख पोतिलाल चौधरीका अनुसार, गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी आज (बिहीबार) र भोलि (शुक्रबार) का लागि बिदा दिइएको हो। यो निर्णय नगरप्रमुखस्तरीय बैठकबाट गरिएको हो र यो बिदा पछि आउने बर्खे बिदाबाट मिलान गरिनेछ।

यो निर्णय नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूमा लागू हुने नगरपालिकाले जनाएको छ।

अत्यधिक गर्मीका कारण बेलौरी क्षेत्रमा सर्वसाधारणलाई घरबाहिर निस्कन समेत कठिनाइ भएको छ। दिउँसोको समयमा बजार र राजमार्ग क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ।

यसैबीच, स्थानीय स्वास्थ्य संस्थाहरूमा गर्मीसँग सम्बन्धित स्वास्थ्य समस्या लिएर आउने बिरामीहरूको संख्या पनि बढेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार, अधिकांश बिरामीहरूमा रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, र आँखा पाक्ने जस्ता लक्षणहरू देखिएका छन्।

यो समाचारमा

बेलौरी नगरपालिकाकञ्चनपुर जिल्ला

ट्यागहरू

#विद्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    काठमाडौँ, जेठ २७ । धनगढी उपमहानगरपालिकामा लागुऔषध (खैरो हेरोइन) सहित नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवान चिरञ्जीवी विश्वकर्मालाई लागुऔषधसहित मंगलबार पक्राउ गरिएको हो।लागुऔषध नियन्त्रण ब्युरोको धनगढीस्थित शाखा कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित प्रदेश प्रहरी कार्यालय बाहिरको

    sajilo patrika

    सुदूरपश्चिममा कोरोनाको जोखिम बढ्यो: एक सातामा १६ संक्रमित, नाकामा परीक्षण कीटको अभाव

    लम्कीचुहामा रहस्यमय अवस्थामा महिला मृत फेला

    लम्कीचुहामा अटो पल्टिँदा १० महिने बालकको मृत्यु, चालक फरार

    मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू