राजसंस्था स्थापना र कार्यकर्ता रिहाइको माग गर्दै पूर्वसांसद चौधरी माइतीघर मण्डलामा धर्ना

Author

सजिलो पत्रिका

2082 Baisakh 29, Monday ०९:३८

50
Share
Featured

काठमाडौँ।

पूर्वसांसद एवम पछिल्लो समय राजावादी आन्दोलनमा सक्रिय गंगा चौधरी सोमबार माइतीघर मण्डलामा भेटिएकी छन् ।राजावादी प्रदर्शन (चैत्र १५)  तीनकुनेमा भएको राजावादीहरुमो प्रदर्शनका क्रममा गिरफ्तार भएका नेताहरुको रिहाइका लागि उनी धर्नामा सहभागी हुन माइतीघर पुगेकी हुन् । 

राष्ट्रवादी मातृशक्ति नेपाल नामक पार्टीको व्यानरमा माइतीघरमा जारी धर्नामा उनीपनि सहभागी छन् । भ्रष्ट्राचार, बलात्कार र वेतिथिको अन्त्य गर्नको लागि आफूहरु सडकमा आएको बताइन् ।  आस्थाका बन्दीहरुको रिहाइ, घाइतेहरुको उपचार, भ्रष्ट्राचार, बलात्कार, वेतिथिको अन्त्य, हिन्दु अधिराज्य कायम र राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो । 

सोही धर्नामा सहभाभी पूर्वसांसद चौधरीले देश भ्रष्ट्राचार, वेतिथि र गरिबीको चरम अवस्थामा पुग्दा पनि सरकार कुर्सी जोगाउनतर्फ मात्र लागिरहेको बताइन् ।  उनले भनिन्, ‘आज वर्तमान सरकारले राम्रो काम गरेको भए, ठाँउ ठाँउबाट आम जनताको विरोधको स्वरहरु गुन्जिदैँन् थियो होला । आज जता पनि वेतिथि छ, देशमा गरिबीको चरम अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा पनि सरकार कुर्सी कसरी जोगाउने भनेर मात्र लागि रहेको छ ।’

यस्तै, उनले राजाको समयमा २१२ वटा कारखानाहरु संचालनमा रहेर आत्मनिर्भर बनेको नेपालमा आज आयातको अवस्थामा पुगेको बताइन् । उनले भनिन्, ‘हिजोको दिनमा राजाहरुले २१२ वटा कारखानाहरु खोलेका थिए ।  देशलाई आत्मनिर्भर बनाएका थिए । हाम्रो देशबाट अन्नहरु निर्यात हुन्थ्यो । आज आयातको अवस्थामा कसरी पुग्यौं । यो कुरा नेपाली जनताले खोज्नुपर्छ । नेपालमा उत्पादन भएको कपडा लगाउन पनि गाह्रो हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था कसले गर्दा भएको भन्दा यही वर्तमान सरकार र नेताहरुले हो ।’

एमालेको तर्फबाट समानुपातिक सांसद बनिसकेकी चौधरी गत प्रतिधिसभा चुनावमा एमालेले टिकट नदिएपछि दाङ १ बाट स्वतन्त्र उम्मेदवार बनेकी थिइन । उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी विजयी भएका थिए ।

बागी उम्मेदवार बनेपछि चौधरीलाई एमालेले कारवाही गरेको थियो । त्यसपछि उनले धार बदलेकी थिइन् । डेढ बर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवामा पुग्दा उनी स्वागतको लाइनमा देखिएकी थिइन् भने केही महिनाअघि पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमार्फत काठमाडौं आएका ज्ञानेन्द्रको स्वागतमा पनि उनी पुगेकी थिइन् । 

यो समाचारमा

राजावादी प्रदर्शन (चैत्र १५)काठमाडौँ

ट्यागहरू

#राजावादी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू