भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियो : प्रचण्ड

Author

सजिलो पत्रिका

2082 Baisakh 29, Monday ११:५१

29
Share
Featured

सुर्खेत ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् । 

पार्टीको भातृ संगठन वाइसीएल नेपालको प्रथम कर्णालीका प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको बताए । 

वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको प्रचण्डको आरोप छ । ‘म भ्रष्ट्राचारका फाइल खोल्न लागे’ उनले भने, ‘त्यो अभियान भ्रष्टहरुलाई मन पर्ने कुरा भएन, अनि सरकार ढाल्न लागे ।’ आफुलाई शेरा दरबारसँग जोड्ने गरेको त्यसको फाइल खोल्न संसदमा बोल्दै त्यहाँ जोडिएका शेरा दरबारमा म जोडिएको भए फाइल खोल्न चुनौती दिएको बताए । ‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ,’उनले भने, ‘तर उनीहरुले हिम्मत गरेनन् । किनकी मेरो केही थिएन । हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ ।’

जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक भएको पनि प्रचण्डले दोहो¥याए । समाजवादी क्रान्तिका लागि संघर्ष आवश्यक भएको उनका भनाई छ । माओवादीले क्रान्ति गरेर ल्याएको गणतन्त्रको स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी भएको उनले बताए । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए । 

अध्यक्ष प्रचण्डले अब माओवादीले कांग्रेस–एमालेको वैशाखी नटेक्ने पनि दाबी गरे । आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पार्टी बनाउने आफ्नो संकल्प रहेको बताउँदै त्यसका लागि आफू जनतामा फर्किएको उनले उल्लेख गरे । ‘अब हामीले जनयुद्ध र जनआन्दोलनमा जस्तै हामी हाम्रै वर्गमा फर्किनु पर्छ भनेर जननतामा फर्किएको छ ।’ हुलाकी मार्ग केन्द्रित अभियान र पार्टीका प्रदेश तहका कार्यक्रम त्यसैको प्रतिफल भएको प्रचण्डले बताए । 

यो समाचारमा

पुष्पकमल दाहालसुर्खेत

ट्यागहरू

#पुष्पकमल दाहाल प्रचण्ड#कर्णाली प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू