जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन्: सांसद गौतम

Author

सजिलो पत्रिका

2082 Jestha 4, Sunday ०८:३८

8
Share
Featured

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले अदालतले प्रतिवादीलाई जानकारी नदिइ मुद्दाको पेशी तोक्ने गरेको आरोप लगाएकी छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट नरहेको बताइन् । 

उनले भनिन्,‘सरकार र न्यायपालिका कतैबाट पनि जनता सन्तुष्ट छैनन् । यो सत्य हो । संसद र सरकार एक राजनीतिक परिवेशबाट उदाउने संस्थाहरु हुन् । पछिल्लो समय अदालतमा एउटा अनौठो दृश्य देखिन थालेको छ । अदालतले प्रतिवादीलाई जानकारी नदिइ मुद्दाको पेशी तोक्ने, सुनुवाई गर्ने अनि सुनुवाइ सकेपछि जानकारी रहेनछ, जानकारी भएपछि मुद्दा हेरौंला भन्ने गरेको पाइन्छ ।

जबरजस्ती ढगंमा जानकारी दिएर पेल्न खोजिएको जस्तो देखिएको छ । यसले न्यायपालिकालाई कहाँ पुर्याउँछ ? जटिल प्रश्न खडा भएको महसुस भएको छ । सुचना दिएर मात्रै पेशी राख्ने हो । सुनुवाई सुरु भइसकेपछि आफ्नो पक्षले के बोल्यो भन्नेकुरा थाहा पाउनुपर्छ नत्र आफ्नो तर्क कसरी राख्न सक्छ त ? यो त प्रकृति न्यायको घोर अपमान भयो ।

यसरी एक पक्षीय रुपमा अगाडि बढाइएका न्यायिक प्रक्रियाको वस्तुमाथि नै प्रहार हो यो । सुनुवाई निष्पक्ष हुनपर्छ । निष्पक्ष देखिने कोसिस गर्ने, निष्पक्ष हुन नखोज्ने अवस्था अदालतले सिर्जना गर्न नहुने हो ।’

त्यस्तै उनले पूर्वन्यायाधीशहरुको फोरमले न्यायपालिका कै शैलीमाथि प्रश्न उठाउनपर्ने बेला आएको पनि तर्क राखिन् । त्यस्तै सांसद गौतमले न्यायिक सम्पादन हुनुअघि नै न्यायिक गतिविधिको हत्या हुँदै गएको भन्दै त्यसको जागरुक प्रतिरोध गर्नुपर्ने बताइन् । 

यो समाचारमा

सोबिता गौतमराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

ट्यागहरू

#प्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू