यूएईलाई हराएर विश्वकप ग्लोबल छनोटमा पुग्ने नेपालको लक्ष्य

Author

सजिलो पत्रिका

2082 Jestha 5, Monday ०१:१४

17
Share
Featured

काठमाडौँ ।

आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डमा जारी छनोटमा नेपाल ग्लोबल छनोटमा पुग्नबाट मात्रै एक जित टाढा छ ।

यदि, नेपालले आज खेलमा यूएईलाई हराउन सके नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । 

यसअघि ग्लोबल छनोटमा पुग्न नसकेको नेपाल यूएईलाई हराएर अर्को चरणमा पुग्ने अवसर छ । 

एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन् । 

शीर्ष तीनबीच भइरहेको खेलअन्तर्गत आइतबार भएको यूएई र थाइल्यान्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो ।

आज यूएईले अन्तिम खेलमा नेपालको सामना गर्नेछ ।

यदि, नेपालले जित हात पारे एक खेल अगावै ग्लोबल छनोटमा पुग्नेछ ।

यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो ।

त्यसपछि नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो । 

नेपालको विश्वकप पुग्ने बाटोमा यूएई बाधक बन्दै आइरहेको छ ।

अहिले भने नेपालसामु यूएईलाई नै हराएर विश्वकपमा पुग्ने अवसर आएको हो ।

नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो ।

एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो ।

खेल थाइल्यान्डको बैंककमा बिहान पौने ९ बजे सुरु हुनेछ ।

यो समाचारमा

काठमाडौँनेपाल

ट्यागहरू

#क्रिकेट#काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

    काठमाडौँ, जेठ २७ । आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।  ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ। यस दिवसले खेललाई बालबालिकाको समग्र विकासको आधार स्तम्भका रूपमा स्थापित गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ।खेललाई केवल मनोरञ्जनको साधन मात्र नभई, सबै उमेर

    sajilo patrika

    नेपाल लाओससँग पराजित

    नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

    नेदरल्याण्डविरूद्ध नेपाल ब्याटिङमा

    आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू