सुँगुरको खोरमा थुनेर कुटपिट प्रकरण : ५ जना पक्राउ, अनुसन्धान तीव्र

Author

देवेन्द्र प्रसाद यादव

2082 Jestha 6, Tuesday ०१:५०

36
Share
Featured

सर्लाही ।

सर्लाही जिल्लाको सीमावर्ती पर्सा गाउँपालिका–५ मा घटेको एक अमानवीय घटनाले अहिले स्थानीय स्तरमा मात्र होइन, राष्ट्रियस्तरमै व्यापक चर्चा पाएको छ।

स्थानीय तस्लिम अन्सारीलाई सुँगुरको खोरमा थुनेर कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि घटनाले थप गम्भीर मोड लिएको हो।

यस घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हालसम्म पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूमा राजेन्द्र साह सोनार, उनका छोरा कमलेश साह, पप्पुकुमार यादव, राहुलकुमार महतो र तस्लिम अन्सारी स्वयंसमेत रहेका छन्।

सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार तस्लिम अन्सारी र राजेन्द्र साहबीच सुनचाँदीको गरगहना बनाउने विषयमा विवाद उत्पन्न भएको थियो। विवाद क्रमशः उग्र बन्दै गएपछि दुवै पक्षबीच हातपात र कुटपिटको अवस्था सिर्जना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

“घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै व्यापक आलोचना भएको छ,” डिएसपी राईले बताए, “भिडियोमा देखिएअनुसार तस्लिमलाई अमानवीयरूपमा सुँगुरको खोरमा थुनेर शारीरिक यातना दिइएको देखिन्छ, जसको पुष्टि अनुसन्धानबाट पनि भएको छ।”

पक्राउ परेका राजेन्द्र साह पक्षका चार जनामाथि अमानवीय व्यवहार तथा धर्मसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। यता तस्लिम अन्सारीमाथि पनि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

घटना शनिबार घटेको र त्यसपछि आइतबार गाउँमा पञ्चायती बसेको थियो। स्थानीय स्रोतका अनुसार विवाद समाधानका लागि सामुदायिक तहमा छलफल भएको भए पनि घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरी सक्रिय बनेको हो।

प्रहरीले घटनास्थलमै पुगेर घटनाका पक्षधरतर्फ अनुसन्धान सुरु गरेको छ। यसैबीच, मानवअधिकारकर्मी तथा स्थानीय नागरिक समाजले उक्त घटनालाई ‘गम्भीर मानव अधिकार उल्लङ्घन’ को संज्ञा दिँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

“जसरी व्यक्तिलाई पशुको खोरमा थुनेर कुटपिट गरिएको छ, त्यो सभ्य समाजमा कल्पनासमेत गर्न नसकिने घटना हो,” स्थानीय मानवअधिकारकर्मी रामबाबु यादवले भने, “प्रहरीले निष्पक्ष अनुसन्धान गर्दै दोषीलाई हदैसम्मको सजाय दिनुपर्छ।”

घटनाले सामाजिक सद्भावमा समेत असर पार्ने संकेत देखिएको छ। पर्सा गाउँपालिकाका जनप्रतिनिधिहरूले भने यस्तो घटना दोहोरिन नदिन प्रहरी प्रशासनसँग समन्वय गर्दै जाने बताएका छन्।

घटनाको सम्पूर्ण पृष्ठभूमि, संलग्न पक्षहरूको भूमिका तथा भविष्यमा कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे सर्वसाधारणको चासो बढ्दो छ। अनुसन्धानले सत्यतथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।

यो समाचारमा

पर्सा गाउँपालिकासर्लाही

ट्यागहरू

#मधेस प्रदेश#पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    मधेस प्रदेशमा बुधबार सार्वनिक बिदा

    वीरगञ्जमा भन्सार छलीको प्रयास विफल, १३ लाखको सामान बरामद

    कविर जयन्ती मनाउन आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू