नेप्से परिसूचक ४९ अंकले बढ्यो, ७ अर्बभन्दा बढीको कारोबार (सूचीसहित)

Author

सजिलो पत्रिका

2082 Jestha 6, Tuesday १०:५४

15
Share
Featured

काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अंकले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८६ प्रतिशतको वृद्धि हो ।

आज तीन सय १० कम्पनीको एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता शेयर ७३ हजार ५४ पटक खरिदबिक्री हुँदा सात अर्ब ३१ करोड २७ लाख ९० हजार एक सय ९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव ४२ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ९१, विकास बैंब दुई दशमलव ९५, वित्त दुई दशमलव ४४, जलविद्युत् दुई दशमलव ४५ र लगानी समूह दुई दशमलव ३३ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बीमा एक दशमलव ३२, उत्पादन तथा प्रशोधन एक दशमलव ८९, लघुवित्त एक दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव ३३, निर्जीवन बीमा एक दशमलव ७४, व्यापार एक दशमलव ४९ र अन्य समूह शून्य दशमलव ८४ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य तीन दशमलव ०९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ४१ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको १४ लाख ७२ हजार तीन सय कित्ता खरिदबिक्री भएको छ ।

ट्यागहरू

#नेप्से

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौँ, जेठ २७ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। बजारमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले अल्पकालीन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।राष्ट्र बैंकले २१ दिनका लागि 'निक्षेप संकलन' उपकरणमार्फत यो रकम

    sajilo patrika

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आज सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढ्यो

    यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य

    घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमयदर

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू