यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ

Author

सजिलो पत्रिका

2082 Jestha 12, Monday ०६:१४

3
Share
Featured

काठमाडौँ।

चलचित्र ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध भएका छन् । ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् ।

चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनका रुपमा शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा गरेका थिए ।

‘हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो,’ निर्देशक शेर्पाले भने, स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौ ।’

‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को–को हुने त्यो भने उनले खुलाएका छैनन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् ।


यो समाचारमा

दयाहाङ राईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गायिका रचना रिमाल अस्पताल भर्ना

    काठमाडौँ। लोकप्रिय गायिका रचना रिमाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमको लागि रूकुम पश्चिम पुगेकी रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो।नेपालगञ्जबाट मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दिएको छ। सोमबार रूकुम पुगेकी रिमालले मंगलबार सानिभेरी गाउँपालिकाको बेलटापुमा

    sajilo patrika

    चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना

    रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

    चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन

    मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू