चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना

Author

सजिलो पत्रिका

2082 Jestha 24, Saturday ०६:०५

17
Share
Featured

काठमाडौँ।

चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित भएका छन् । 

काठमाडौँको पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारणसभाले तिम्लसेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष तिम्लसेनाले संस्थाका योजनालाई कार्यान्वयन गर्ने र चलचित्र समीक्षालाई बढाउने बताएका छन् ।

उनले भने, ‘हामी संस्थाका योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउनेछौँ र रोकिएको ‘फिक्सन अवार्ड’ लाई निरन्तरता दिनेछौँ ।’ नेपाल पत्रकार महासङ्घसँग आबद्ध एसोसियट संस्था ‘फिक्सन’को खुला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, समावेशी उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुला सचिवमा नरेश फुयाँल, समावेशी सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री सर्वसम्मत चयन भएका छन् । यस्तै, कार्यसमिति सदस्यमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दीक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन भए ।

नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले ‘फिक्सन’ लामो समयदेखि सक्रिय संस्था भएको उल्लेख गर्दै महासङ्घ सधैँ सहकार्य गर्न तत्पर रहेको बताए । 

उनले भने,‘फिल्म हेर्ने संस्कृति बढिरहेको सन्दर्भमा समीक्षा अपरिहार्य छ । यहाँका सदस्यले इमानदारीपूर्वक चलचित्रको निष्पक्ष समीक्षा गरी पाठकलाई सुसूचित गर्नुहुनेछ भन्ने विश्वास छ ।’

साधारणसभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्वअध्यक्ष यज्ञशर पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गाना लगायत सहभागी थिए । नयाँ कार्यसमितिले दुई वर्षसम्म ‘फिक्सन’को नेतृत्व गर्नेछ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गायिका रचना रिमाल अस्पताल भर्ना

    काठमाडौँ। लोकप्रिय गायिका रचना रिमाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमको लागि रूकुम पश्चिम पुगेकी रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो।नेपालगञ्जबाट मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दिएको छ। सोमबार रूकुम पुगेकी रिमालले मंगलबार सानिभेरी गाउँपालिकाको बेलटापुमा

    sajilo patrika

    रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

    चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन

    मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए

    यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू