मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए

Author

सजिलो पत्रिका

2082 Jestha 19, Monday १२:१३

10
Share
Featured

काठमाडौँ ।

बिवाहित र अबिवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ सम्पन्न भएको छ ।

आइतबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित फिनालेबाट चारजना बिजेता छानियो । जसमा अबिवाहित अर्थात मिस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ दिपा क्षेत्री बिजेता बनिन् भने मेरिता पोखरेल फस्र्ट रनरअप बन्न सफल भइन् । 

यस्तै बिवाहित अर्थात मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ सारिका बुढा बिजेता बन्न सफल भइन् भने सिर्जना राई फस्र्ट रनरअप बनिन् । आयोजक शाह स्टुडियो एण्ड कम्पनी प्रालीका अध्यक्ष मोनु शाहले चारैजना बिजेताहरुले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने जानकारी दिए । 

शाहका अनुसार मिस तर्फकी बिजेता दिपा र मिसेस तर्फकी बिजेता सारिकाले मलेसियामा प्रतिनिधित्व गर्न पाउनेछन् भने मिस तर्फकी फस्र्ट रनरअप मेरिता र मिसेस तर्फकी फस्र्ट रनरअप सिर्जनाले मुम्बईमा प्रतिनिधित्व गर्न पाउनेछन् । उनीहरु मलेसिया र मुम्बई जाने तालिका आउन बाँकी रहेको र दुईमहिना भित्रमा पुगिसक्ने जानकारी गराइयो । 

मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ का बिजेताहरुले आफूहरुमा आत्मबल बढेको बताए । सुरुमा आफूहरुलाई सामुहिक रुपमा बस्दा कन्फिडेन्ट नहुने समस्या धेरै भएको तर अहिले यस प्रतियोगीतामा आइसकेपछि धेरै कुरामा कन्फिडेन्ट बढेर आएको बताएका थिए ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गायिका रचना रिमाल अस्पताल भर्ना

    काठमाडौँ। लोकप्रिय गायिका रचना रिमाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमको लागि रूकुम पश्चिम पुगेकी रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो।नेपालगञ्जबाट मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दिएको छ। सोमबार रूकुम पुगेकी रिमालले मंगलबार सानिभेरी गाउँपालिकाको बेलटापुमा

    sajilo patrika

    चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना

    रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

    चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन

    यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू