रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

Author

सजिलो पत्रिका

2082 Jestha 24, Saturday ०४:२९

12
Share
Featured

हैदारावाद ।

रजनिकान्तले बलिउडदेखि साउथ सिनेमासम्म आफ्नो स्टारडम फैलाएका छन् । उनले धेरै दशक देखि भारतीय फिल्मी दुनियाँमा राज गर्दै आएका छन् र ७४ वर्षको उमेरमा पनि उनको आकर्षणमा अलिकति पनि कमी आएको देखिएको छैन । ‘जेलर’ र ‘वेट्टायन’ पछि उनी फेरि एक पटक ठूलो पर्दामा देखिदैँ छन् ।

यो फिल्मको लागि रजनीकान्तले कति पारिश्रमिक लिइरहेका छन्, तपाईलाई थाहा नहुन सक्छ, यो जानकारी पाए पछि तपाइ छक्क पर्नु हुनेछ । रजनीकान्तले सन् २०१० मा ‘रोबोट’ फिल्म गरेपछि उनी एसियाका नै महँगा अभिनेता मध्य एक बनेका थिए तर त्यसपछि आमिर खान उनीसँग प्रतिस्पर्धा गर्न आए र अमिरले पछि पारिदिए । 

तर, अहिले फेरी रजनीकान्तले इतिहास रचेका छन् । उनले ‘कुली’ का लागि यति ठूलो रकम लिएका छन् कि उनी एसियाकै सबैभन्दा महँगो अभिनेता बनेको दावी भारतीय मिडियाहरूले गरेका छन् ।

मनी कन्ट्रोलका अनुसार लोकेश कनागराजको बहुप्रतिक्षित फिल्म ‘कुली’ सबैभन्दा महँगो फिल्ममध्ये एक हो । यो फिल्ममा निर्माताले जति पैसा खर्च गरिरहेका छन्, त्यसको आधाभन्दा बढी बजेट त रजनीकान्त एक्लैले लिइरहेका छन् । अभिनेताले यस फिल्मका लागि २६० देखि २८० करोड भारु लिइरहेका छन्, जुन आमिर खान र ज्याकी चेनभन्दा बढी हो । 

कलानिधि मारनले निर्माण गरिरहेको फिल्म ‘कुली’ को बजेट ४०० करोड रहेको छ, जसमध्ये रजनीकान्त एक्लैले २६० करोड रुपैयाँ पारिश्रमिक लिएका छन र उनले यसवाट केही नाफाको हिस्सा पनि पाउने छन् । निर्देशक लोकेश कनागराजले फिल्मका लागि ६० करोड भारु लिएका छन् भने अर्को मुख्य भूमिकामा देखिएका नागार्जुनले करिब ३५ करोड पारिश्रमिक लिएका छन् । फिल्ममा आमिर खानको पनि क्यामियो रहेको बताइएको छ। यसमा केही मिनेटको दृश्यका लागि पनि कलाकारले २५ देखि ३० करोड भारु लिएका छन ।

त्यसैगरी श्रुति हसन, सत्यराज र उपेन्द्र रावलाई पनि नबढाई बजार मूल्य अनुसारको शुल्क दिइएको छ । फिल्मको रिलिज मितिको बारेमा कुरा गर्दा कुली १४ अगस्ट २०२५ मा थिएटरहरूमा आउनेछ । हालै मात्रै यसको टिजर सार्वजनिक भएको थियो, जसले यो फिल्म ब्लकबस्टर हुने यसै अनुमान गर्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गायिका रचना रिमाल अस्पताल भर्ना

    काठमाडौँ। लोकप्रिय गायिका रचना रिमाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमको लागि रूकुम पश्चिम पुगेकी रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो।नेपालगञ्जबाट मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दिएको छ। सोमबार रूकुम पुगेकी रिमालले मंगलबार सानिभेरी गाउँपालिकाको बेलटापुमा

    sajilo patrika

    चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना

    चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन

    मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए

    यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू