सार्वजनिक यातायात भोलि पनि ठप्प, वार्ता निष्कर्षविहीन

Author

सजिलो पत्रिका

2082 Jestha 19, Monday १४:५२

15
Share
Featured

काठमाडौँ।

सरकार र यातायात व्यवसायीबीच सोमबार भएको वार्ता निष्कर्षविहीन भएपछि मंगलबार (भोलि)पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ।

गृह मन्त्रालयमा भएको वार्ताले समाधान निकाल्न नसकेपछि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले भोलि बिहान १०:३० बजे पुनः बैठक बस्ने जानकारी दिए।

उनका अनुसार, “नियमावली स्थगित गर्नुस्, हामी आन्दोलन स्थगित गर्छौं भनेका थियौं। तर निष्कर्ष नआएकोले भोलि पनि सवारी साधन नचल्नेछ।” गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीविरुद्ध व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूको माग छ – नियमावली तत्काल स्थगित गरियोस् र संघीय ऐन बनेपछि मात्र कार्यान्वयनमा ल्याइयोस्।

सरकार पक्षबाट वार्ता सहभागी यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले पनि छलफल सकारात्मक भए पनि निर्णयमा पुग्न नसकिएको जानकारी दिएका छन्।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#यातायात व्यवसायी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू