सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Author

सजिलो पत्रिका

2082 Jestha 20, Tuesday ०४:५३

19
Share
Featured

काठमाडौँ, जेठ २०।

सर्लाही को बरहथवा नगरपालिका वडा नम्बर १७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।  बागमती सिँचाइ आयोजनाले बनाएको नहरको पुलमा बिहान ३ बजे भएको दुर्घटनामा मलंगवा नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो।

कटानीबाट परोरिया टोलतर्फ जाँदै गरेको ना. ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई घुमाउरो स्थानमा रहेको नहरको पुलमा ठोक्किएर दुर्घटना भएको थियो। मोटरसाइकल करिब तीन मिटर तल खसेको थियो। दुर्घटनामा रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो।

उनलाई भेनस अस्पताल बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि एल।एस। न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

यो समाचारमा

सर्लाहीबरहथवा नगरपालिकाकाठमाडौँ

ट्यागहरू

#मृत्यु#दुर्घटना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    मधेस प्रदेशमा बुधबार सार्वनिक बिदा

    वीरगञ्जमा भन्सार छलीको प्रयास विफल, १३ लाखको सामान बरामद

    कविर जयन्ती मनाउन आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू