नागरिकता र खानेपानीको अभावबारे अल्पसंख्यकको गुनासो, महोत्तरी प्रहरीद्वारा समाधानको पहल

15
Share
Featured

काठमाडौँ, जेठ २१ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले स्थानीय जनप्रतिनिधिहरूसँगको सहकार्यमा "अल्पसंख्यकसँग प्रहरी" कार्यक्रम सम्पन्न गरेको छ। महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ स्थित कान्तिबजारमा आयोजित उक्त कार्यक्रममा मुसहर समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा अल्पसंख्यक समुदायसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या सुन्ने र समाधानतर्फ पहल गर्ने उद्देश्य राखिएको थियो। १५ पुरुष र २० महिला गरी कुल ३५ जना मुसहर समुदायका व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहानको नेतृत्वमा प्रहरी टोली, स्थानीय जनप्रतिनिधिहरू र समुदायका अगुवाहरूको उपस्थिति थियो।

सहभागीहरूले नागरिकता नपाउनु, खानेपानीको अभाव, सार्वजनिक शौचालयको कमी, बाटोको अव्यवस्था, र विद्यालयबाट बालबालिका समयअगावै फर्किने जस्ता विविध सामाजिक तथा संरचनात्मक कठिनाइहरूबारे खुलेर आफ्ना गुनासा राखेका थिए। उनीहरूले विगतमा विभिन्न सरकारी निकायका पदाधिकारीहरूलाई समस्या बताउँदा पनि समाधान नभएको गुनासोसमेत गरे।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक चौहानले समुदायमा शान्ति र समृद्धि कायम राख्न सबैले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले विशेषगरी मदिरा सेवनबाट हुने घरेलु हिंसा, बालविवाह, बहुविवाह, तथा पारिवारिक कलह जस्ता अपराधजन्य क्रियाकलाप नियन्त्रणमा समुदायको सहयोग अपरिहार्य रहेको बताए।

प्रहरी निरीक्षक चौहानले नागरिकता, खानेपानी, शौचालय तथा बाटोको समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गरी आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे। उनले मुसहर समुदायका सदस्यहरूलाई सुरक्षाबोध गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने जानकारी पनि दिए।

कार्यक्रमका सहभागीहरूले प्रहरी प्रशासनसँगको प्रत्यक्ष संवादले आफ्नो आवाज सुनिएको अनुभव भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन माग गरेका थिए।

यो समाचारमा

महोत्तरीकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    Data is loading...

    Loading brands...

    Loading footer...