काठमाडौँ, जेठ २६ ।
भारतमा कोरोना भाइरसको संक्रमण पुनः तीव्र गतिमा बढ्न थालेको छ । शनिबार मात्रै ३७८ नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ ।
भारतीय स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३,४२३ नयाँ संक्रमित थपिएका छन् भने यही अवधिमा ५८ जनाको मृत्यु भएको छ । हाल दैनिक औसतमा करिब ४०० नयाँ संक्रमित भेटिइरहेका छन् भने हरेक दिन ५ देखि ६ जनाले ज्यान गुमाइरहेका छन् ।
शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी १,९५० जना केरलामा रहेका छन् ।
यसैबीच, भारतमा कोरोना भाइरसका चार नयाँ भेरियन्टहरू पनि फेला परेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्, जसले संक्रमण थप फैलिन सक्ने चिन्ता बढाएको छ ।