विदेश गएका नेपाली विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday १०:०८

22
Share
Featured

काठमाडौँ।नेपालबाट विदेश पढ्न गएका विद्यार्थी सगै  मुलुकबाट एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । 

चालु आर्थिक वर्ष २०८१/८२ का १० महिनामा उक्त रकम अध्ययन गर्न विदेश गएका विद्यार्थीसँगै बाहिरिएकोनेपाल राष्ट्र बैंकले  विवरण  सार्वजनिक गरेको  छ ।

अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि विदेश गएका विद्यार्थीसँगै आठ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएकोनेपाल राष्ट्र बैंकको तथ्यांक छ । 

चालु आर्थिक वर्षका १० महिना अर्थात् ०८१ साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विदेश गएका नेपालीसँगै एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ बाहिरिएको छ । उक्त रकममध्ये एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीसँगै देशबाट एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो । 

अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि भ्रमण व्यय १७.९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षका १० महिनामा विदेश गएका नेपालीसँगै एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंकनेपाल

ट्यागहरू

#नेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौँ, जेठ २७ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। बजारमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले अल्पकालीन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।राष्ट्र बैंकले २१ दिनका लागि 'निक्षेप संकलन' उपकरणमार्फत यो रकम

    sajilo patrika

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमयदर

    नेप्सेमा हरियाली, १० अर्ब १६ करोडको कारोबार

    नेपालमा महंगी दर १.६३ प्रतिशतले घट्यो

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू