नीति कार्यक्रम थाकेको सरकारको बासी प्रस्तुति हो : रास्वपा

Author

सजिलो पत्रिका

2082 Baisakh 19, Friday १५:०१

20
Share
Featured

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकार थाकेर, हारेर, कल्पनाशीलता गुमाएर नीति तथा कार्यक्रम ल्याएको भन्दै यसमा कुनै पनि नयाँपन नभएको बताएका छन् ।

शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘यो सरकार पुरै थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन । केही पछिल्ला वर्षहरुमा सुनेका कार्यक्रमहरुलाई नै निरन्तरता दिएको देखिन्छ । ०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो, तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन ।’

साथै उनले यो सरकार यति बलियो हुँदा पनि कतै ल्याएको नीतिमा कल्पनाशिलता नदेखिएको बताए । उनले सरकारले ल्याएकोे नीति तथा कार्यक्रमको आकार सरकारले घटाएर ल्याएको बताए ।

यसैगरी रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी नीति तथा कार्यक्रम थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम भएको टिप्पणी गरे । उनले सरकारले ल्याएकोे नीति तथा कार्यक्रमको फेल भइसकेको पुरानै कार्यक्रम भएको टिप्पणी गरे ।

उनले भने, ‘थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरू दोहो¥याइएको छ । नयाँ कुरा केही पनि छैन । वर्तमान प्रधानमन्त्री ओलीजीले २०७४ सालमा दुई तिहाइको प्रधानमन्त्री हुँदा कम्तीमा पनि हावादारी कार्यक्रमको एउटा कल्पनाशीलता थियो । अहिले त हावादारी कार्यक्रममा पनि कल्पनाशीलता देखिएन । अहिले एकदम उथलपुथल भइराखेको छ । तर प्रशान्त महासागरको टापुजस्तो केही थाहा नभएको निरपेक्ष नीति तथा कार्यक्रम आएको छ।’


यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

ट्यागहरू

#आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू