सांसद केसीः ‘सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनमा मिडियाले अभियान नै संचालन गर्नुपर्ने’

Author

सजिलो पत्रिका

2082 Jestha 16, Friday १२:३४

4
Share
Featured

काठमाडौँ । 

नेपाली काँग्रेसका नेता एवम सांसद अर्जुननरसिंह केसीले स्थानीय सम्पदाको संरक्षण एवम पर्यटन प्रवद्र्धनमा मिडिया र स्थानीय संघसस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा मिसन मिडिया क्लवले आयोजना गरेको  सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनमा मिडिया, संघसस्थाको भूमिका विषयक छलफल कार्यक्रमलाइ सम्बोधन गर्दै केसीले मुर्त वा अमूर्त सम्पदासंगै  विविधासहितको  संस्कृति र रितिरिवाज आफैमा बहुआयामिक भएको पनि बताए । 

सबै किसिमका सम्पदा अर्थात मौलिक संस्कृति, कला, साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकार्यसहितको पुस्तान्तरण आवश्यक रहेको पनि बताए ।  

सो अवसरमा केसीले एकहप्ते उद्घोषण तालिमका दुई दर्जन प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र समेत वितरण गरेका थिए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव  रामप्रसाद दाहालले  सम्पदा संरक्षणमा  संस्थागत चासो देखाउँदै मिसन मिडिया क्लवले लिएको पहलकदमीको प्रशंसा गरे । साथै महासचिव दाहालले  मिडियाले  सम्पदा संरक्षणको लागि अभियान नै चलाएर सरोकारवालाको ध्यानाकर्षण गर्नुपर्ने बताए ।  

काठमाडौँ महानगरपालिका अन्र्तगतको  हनुमानढोका क्षेत्र संरक्षण कार्यक्रमको सहकार्य  तथा महानगर वडा नम्बर १९ र विपद पत्रकारिता सञ्जालको समन्वयनमा आयोजित उक्त कार्यक्रममा  लोकतान्त्रिक  छापामाध्यम  सञ्जालका अध्यक्ष दामोदर दवाडीले सञ्चार सम्वद्ध संस्थाले स्थानीय सम्पदाको  सरक्षणसंगै पर्यटन प्रवद्र्धनको लागि लिएको चासो अर्थपूर्ण रहेको बताए । 

क्लवका अध्यक्ष  श्रीजन झाले सम्पदा संरक्षणका लागि प्रयास गर्ने बताए । कार्यक्रममा काँग्रेस महासमिति सदस्यद्वय तेवेन्द्र शाक्य, प्राडा अमिता प्रधान ,वरिष्ठ कलाकार शिवहरी नेपाल, उदघोषण विधाका प्रशिक्षक नरेश मल्ल, तालिमका प्रशिक्षार्थी एव् नेपाल औषधि थोक व्ययवसायी संघका अध्यक्ष गणेश नेपाल ६७ वर्षीय प्रशिक्षार्थीबालमुकुन्द मूल्मी , काठमाडौं महानगर वडा न १९ की सदस्य रञ्जिता परियारलगायतले आफ्नो भनाइ राखेका थिए ।


यो समाचारमा

काठमाडौँ महानगरपालिकानेपाली काँग्रेसकाठमाडौँ

ट्यागहरू

#नेपाली कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू