काठमाडौँ, जेठ २७ । धनगढी उपमहानगरपालिकामा लागुऔषध (खैरो हेरोइन) सहित नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवान चिरञ्जीवी विश्वकर्मालाई लागुऔषधसहित मंगलबार पक्राउ गरिएको हो।लागुऔषध नियन्त्रण ब्युरोको धनगढीस्थित शाखा कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित प्रदेश प्रहरी कार्यालय बाहिरको


