सुदूरपश्चिममा कोरोनाको जोखिम बढ्यो: एक सातामा १६ संक्रमित, नाकामा परीक्षण कीटको अभाव

Author

सजिलो पत्रिका

2082 Jestha 28, Wednesday ०१:५८

17
Share
Featured

काठमाडौँ, जेठ २७ । 

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएकाहरूमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जोखिम उच्च बनेको छ। पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा संक्रमण पुष्टि भएको छ भने सीमा नाकाका हेल्थ डेस्कहरूमा परीक्षण कीटको चरम अभाव देखिएको छ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार मात्रै कैलालीको त्रिनगर र बैतडीको झुलाघाट नाकाबाट भित्रिएका दुई जनामा संक्रमण पुष्टि भएको छ। सो दिन ६४३ जना नेपाल भित्रिएकामा जम्मा १४ जनाको मात्रै परीक्षण गरिएको थियो। संक्रमण पुष्टि भएका अधिकांश भारतको राजधानी दिल्लीबाट फर्किएकाहरू हुन्, जसले जोखिम थप बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन्।

प्रदेशमा अहिले परीक्षण कीटको चरम अभाव छ। स्वास्थ्य विभागले २०० कीट पठाएपछि हाल प्रदेशभरि जम्मा ३७० कीट मात्रै उपलब्ध रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। भारतको दिल्लीसँग सबैभन्दा नजिकको र व्यस्त नाका मानिने कञ्चनपुरको गड्डाचौकीमा कीट अभावकै कारण परीक्षण रोकिएकोमा मंगलबार १०० कीट उपलब्ध भएपछि पुनः सुरु गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले कीट पर्याप्त नभएकाले लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्ने व्यवस्था मिलाइएको बताए। "हामीसँग १०० कीट मात्रै छ, यो पर्याप्त होइन। अहिले लक्षण देखिएकाहरूको मात्र परीक्षण गरिरहेका छौं," उनले भने। उनका अनुसार मंगलबार गड्डाचौकीमा सात जनाको मात्र परीक्षण गरिएको थियो।

कीट अभावमा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले भारतबाट फर्किएकाहरूको स्वास्थ्य अवस्था सोधपुछ गर्ने, मलेरिया र डेङ्गीको परीक्षण गर्ने तथा परामर्श दिने काम मात्र गरिरहेका छन्। "कीटको अभावले शंकास्पद देखिएकालाई एक हप्ता घरमै छुट्टै बस्न सम्झाएर पठाउने गरेका छौं," गड्डाचौकी हेल्थ डेस्कका प्रमुख विशाल भट्टले भने।

विगतमा नाकामा कडाइ नहुँदा संक्रमण फैलिएको भन्दै स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन्। "गड्डाचौकीबाट आउनेहरूको परीक्षण नै हुँदैन, गाडीहरू सिधै नेपाल पस्छन्," स्थानीय पदम थापाले भने, "प्रशासनले रोकेर अनिवार्य जाँचको व्यवस्था मिलाउनुपर्छ।"

कोरोना महामारीपछि सुदूरपश्चिमका गड्डाचौकी, त्रिनगर, झुलाघाट र दार्चुला नाकामा हेल्थ डेस्क स्थापना गरिए पनि अहिले ती स्रोत-साधनको अभावमा प्रभावहीन बन्दै गएका छन्।

यो समाचारमा

भारतसुदूरपश्चिम प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    काठमाडौँ, जेठ २७ । धनगढी उपमहानगरपालिकामा लागुऔषध (खैरो हेरोइन) सहित नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवान चिरञ्जीवी विश्वकर्मालाई लागुऔषधसहित मंगलबार पक्राउ गरिएको हो।लागुऔषध नियन्त्रण ब्युरोको धनगढीस्थित शाखा कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित प्रदेश प्रहरी कार्यालय बाहिरको

    sajilo patrika

    बेलौरी नगरपालिकाको निर्णय: गर्मी छल्न दुई दिन विद्यालय बन्द

    लम्कीचुहामा रहस्यमय अवस्थामा महिला मृत फेला

    लम्कीचुहामा अटो पल्टिँदा १० महिने बालकको मृत्यु, चालक फरार

    मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू