मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

Author

सजिलो पत्रिका

2082 Jestha 22, Thursday ०२:२९

7
Share
Featured

काठमाडौँ, जेठ २२ । 

कैलालीको घोडाघोडी नगरपालिकामा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

भालुफटामा अनियन्त्रित मोटरसाइकल रोकिराखेको ट्र्याक्टरको ट्रलीमा ठोक्किँदा मोटरसाइकल पछाडि सवार २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको हो। चालक २१ वर्षीय शंकर चौधरी गम्भीर घाइते भएका छन् भने अर्का सवार २२ वर्षीय अर्जुन चौधरी पनि घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१ स्थित भालुफटामा बिहान करिब सवा ४ बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा बिग्रिएर रोकेको सुपप्र ०१–००२ त ५१५८ नम्बरको ट्र्याक्टरको इन्जिन नभएको ट्रलीमा ठोक्किएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार घोडाघोडी नगरपालिका–२ का २४ वर्षीय राधेश्याम चौधरी गम्भीर घाइते भए। उपचारका लागि घोडाघोडी अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


यो समाचारमा

कैलालीघोडाघोडी नगरपालिकाकाठमाडौँ

ट्यागहरू

#घाइते#दुर्घटना#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    घाँस काट्दा भिरबाट लडेर कालीकोटमा महिलाको मृत्यु

    काठमाडौँ,जेठ २७ । कालिकोटमा घाँस काट्दा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–२ की ४७ वर्षीया पाँचा खड्काको भिरबाट लडेर मृत्यु भएको छ। घरनजिकैको गोल्छे भीरमा घाँस काट्ने क्रममा लड्दा उनको घटनास्थलमै ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, घटना मंगलबार बिहानको हो। प्रहरीले घटनास्थलबाट शव उद्धार

    sajilo patrika

    जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

    वर्षौंदेखिको खानेपानीको दुःख अन्त्य: मालिकाको पात्लेमा घरघरै पुग्यो धारा, स्थानीय हर्षित

    हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन

    ‘तँ’ भनेको निहुँमा टीकापुरमा प्रहरीद्वारा महिलामाथि कुटपिट, सई र हवल्दार छानबिनमा तानिए

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू