सिप मेलाका लागि साझेदारहरुसँग महानगरको सहकार्य सम्झौता सम्पन्न

Author

सजिलो पत्रिका

2082 Jestha 22, Thursday ०४:२६

9
Share
Featured

काठमाडौँ, जेठ २२ ।

काठमाडौँ महानगरपालिकाले सिप मेला सञ्चालनका साझेदारसँग सहकार्य सम्झौता गरेको छ । मेला व्यवस्थापन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाको रोहबरमा मेला सञ्चालनका लागि संघसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबिचमा सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदान भएको हो । इभेन्ट म्यानेजमेन्टका लागि गतिशील अभियानसँग यस अघि नै सम्झौता गरिसकेको थियो । 

मेलाको सहआयोजकका रुपमा महानगरपालिकाले नेपाल तालिम तथा व्यवसायी महासंघ र निजी संघसंस्थाहरुमा एनसेल, जगदम्बा मोटर्स, गोर्खा व्रुअरी, नेपाल लाइफ इन्स्योरेन्स, आइ.एन.जी. ग्रुप, के.एल. दुगड, पद्म ज्योती ग्रुप, एम.एड.ब्लु ग्रुप, अग्नि इन्टरप्राइजेज र काठमाडौँ मोडेल कलेज छन् । 

संयोजक झाका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, गोल्छा ग्रुप र सूर्य नेपालसँग सहकार्यका लागि सहमति भइसकेको छ । 


तालिम संयोजक देवेन्द्र के.सी का अनुसार प्रशिक्षण साझेदारहरुमा मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (इमआइटी), ड्रोन हव, इञ्जिनियर्स भ्लग, स्लिङ्टन कलेज, मिथिला थाली, गेट कलेज, ताली एजुकेसन एण्ड रिसर्च, बागमती एजुकेसन कन्सल्टेन्सी, गरिमा ट्रेनिङ् इन्स्टिच्युट, इ थ्री सेल्स एण्ड सर्भिसेस, नेपाल उद्यमी विकास परामर्श केन्द्र, नेपाल स्थानीय तयारी पोशाक संघ, ओम अप्रायल, ट्रेस, क्वालिटी मल्टिपर्पोज, नेपाल कपडा तथा सिलाइ संघ, बडीमालिका मल्टिपर्पोज, गल्फ इन्टरनेशनल ट्रेनिङ् इन्स्टिच्युट, गण्डकी पोलीटेक्निक इन्स्टिच्युट, वल्र्ड वाइड टेक्निकल प्रा. लि., ट्रेड लिङ्क टेक्निकल इन्स्टिच्युट सहितका तालिम प्रदायक संघसंस्था छन् । 


यस्तै पोखरा भ्याली टेक्निकल ट्रेनिङ् इन्स्टिच्युट, स्किल्स होम मेटल, प्राइम इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड इञ्जिनियरिङ्, नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ् सेन्टर, अग्नि ग्रुप, जगदम्बा मोटर्स, नेपाल हस्तकला महासंघ, नमस्ते नेपाल प्राविधिक शिक्षालय, फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल, पर्फेक्ट म्यानपावर ट्रेनिङ् सेन्टर, श्रृङ्गार घर प्रा. लि., इन्टरनेशनल पोली टेक्निक प्रा. लि., शिवशक्ति ट्रेनिङ् सेन्टर, माण्डु मो, सिकिन्छ एकेडेमी प्रशिक्षण साझेदार रहेका छन् । डिजिटल पार्टनरमा युरानस टेक रहेका छन् । 

जेठ ७ गतेदेखि सञ्चालन भएको मेलामा १० क्षेत्रका ३७ पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन् ।  


यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिका

ट्यागहरू

#सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चितवनमा घरायसी विवाद: श्रीमानले आफ्नै घरमा लगाए आगो

    काठमाडौँ, जेठ २७ ।चितवनमा एक व्यक्तिले श्रीमतीसँगको सामान्य झगडामा आफ्नै घरमा आगो लगाएका छन्। भरतपुर महानगरपालिका - २७ का राम महतोले घरायसी विवादपछि रिसको झोंकमा आफ्नै घर जलाएका हुन्।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार, महतोको श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद भएको थियो। सोही

    sajilo patrika

    कान्स फिल्म फेस्टिभल भ्रमणमा मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    तारकेश्वरमा बिजुलीको पोलमा आगलागी

    लियो जिल्ला परिषद् बैठक असार १३ र १४ गते चन्द्रागिरीमा हुँदै

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू