युक्रेनमा रुसको आक्रमणः पाँच जनाको मृत्यु ,८० भन्दा बढि घाइते

Author

सजिलो पत्रिका

2082 Jestha 24, Saturday ०२:५०

18
Share
Featured

काठमाडौँ, जेठ २४ । 

रूसले युक्रेनमाथि गरेको जवाफी कारवाहीमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किएभमा गएराती गरेको आक्रमणमा परी अन्य ८० जना भन्दा बढि घाइते भएका छन् । रूसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । किएभका नगर प्रमख भिटाली क्लिट्स्कोले राजधानीमा भएको घटनाको पुष्टि गर्दै घाइते मध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।   

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणका कारण आवासीय भवन, पूर्वाधारलगायत संरचना क्षतिग्रस्त भएका छन् भने ठाउँठाउँमा आगलागी भएको छ । युक्रेनको राष्ट्रिय रेलवे सञ्चालकले रेल सेवा ढिलाइ हुने चेतावनी दिँदै आक्रमणले किएभ क्षेत्रमा रेल मार्गहरू क्षतिग्रस्त भएको उल्लेख गरेको छ । 

पश्चिमी युक्रेनको लुत्स्क शहर र टेर्नोपिल क्षेत्रमा पनि थुप्रै आक्रमणहरू भएका छन् । धेरै निजी घरहरू र शैक्षिक संस्थाहरू क्षतिग्रस्त भएको सहरका नगरप्रमुख इगोर पोलिस्चुकले टेलिग्राम मार्फत जानकारी गराएका छन् । 


यो समाचारमा

काठमाडौँरूसयुक्रेन

ट्यागहरू

#घाइते#आक्रमण#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    काठमाडौँ । भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्। उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ।रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू

    sajilo patrika

    अस्ट्रियामा कालो दिन: विद्यालय आक्रमणपछि तीन दिने राष्ट्रिय शोक घोषणा

    क्यालिफोर्नियामा राष्ट्रिय गार्ड तैनाथीलाई लिएर विवाद: गभर्नर नुस्सामले राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा हाल्ने

    अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

    थाइल्यान्डबाट वन्यजन्तु तस्करी: मुम्बईमा सय जीवजन्तुसहित यात्रु पक्राउ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू