युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय

Author

सजिलो पत्रिका

2082 Jestha 24, Saturday १४:३९

21
Share1
Featured

काठमाडौँ, जेठ २४ ।

जिल्लाका  चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, सोरु र खत्याड गाउँपालिका र युएसएआईडीको आर्थिक साझेदारीमा १४ वटा खानेपानी आयोजना संचालितमा थिए ।

हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र (हिरिसडेकए) नेपालको प्राविधिक सहयोगमा संचालित ति आयोजनाहरु हाल संकटमा परेका छन् । 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसआइडी’ अन्तर्गतका ति योजनाहरु अलपत्र अवस्थामा पुगेका हुन् । तर छायाँनाथ रारा नगरपालिकाले आफनो क्षेत्र भित्रका त्यस्ता आयोजना पुनः निर्माण गर्ने निर्णय गरेको छ । 

छायाँनाथ रारा नगरपालिकाको कार्यपालिकाको बैठकले हालै गरेको निर्णय अनुसार युएसएआइडी र नगरपालिकाको आर्थिक साझेदारीमा संचालित नगरपालिका भित्रका ६ वटा खानेपानी आयोजनालाई निरन्तरता दिने निर्णय भएको हो ।

छायाँनाथ रारा नगरपालिकामा -६ ,खत्याड गाउँपालिकामा -६ र सोरु गाउँपालिकामा २ गरि १४ वटा आयोजना निर्माण गरी ८ सय ४२ घरधुरी र सामुदायिक संस्थामा ६ धारा खानेपानीका धारा सम्झौता अनुसार ०८१ मंसिरदेखि ०८२ असार मसान्तसम्म निर्माण गरी सुरक्षित खाने पुराउनुपर्ने थियो । आयोजना स्थलमा ३० प्रतिशत काम अगाडि बढिसकेको थियो ।

युएसएआईडीको ४ करोड १२ लाख २५ हजार ९ सय १८ रुपैया मध्ये १ करोड ३९ लाख ५९ हजार ८ सय ९३ रुपैया बराबरको निमार्ण सामग्री आयोजना स्थलमा ढुवानी भइसकेको थियो । 

नगरपालिकाकाले आफना नगरभित्रका ६ वटा आयोजनाका लागि ३८ लाख १२ हजार ५ सय ७६ खत्याड गाउँपालिकाले ४१ लाख ८६ हजार ५ सय ७७ र सोरु गाउँपालिकाले १३ लाख ४५ हजार ५ सय १४ पैसा बिनियोजित गरी निर्माण कार्य अघि बढिरहेका बेला ट्रम्प प्रशासनले युएसए आईडीका अन्य परियोजना सहित कर्णाली जलपरियोजनाको काम समेत बन्द गर्ने निर्देशनले यि आयोजनाहरु अलपत्र परेका थिए ।

आफनो नगरपालिका भित्रका आयोजना अलपत्र अवस्थामा रहेपछि नगरपालिकाको तर्फबाट ८३ लाख ३४ हजार ३ सय ११ रुपौया ६९ पैसा सम्बन्धित वडाको तर्फबाट ८३ लाख ३४ हजार ३ सय ११ रुपैंयाँ गरी कुल १ करोड ६६ लाख ८६ हजार २३ रुपैयाँ ३८ पैसामा ६ वटा आयोजन हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र(हिरिसडेक)को प्राबिधिक सहयोगमा पुन संचालन गर्ने भन्ने निर्णय भएका उक्त संस्थाका कार्यकारी निर्देशक शिवचन्द्र कार्कीले जानकारी दिएका हुन् । 

समूदाय स्तरबाट पुनः निर्माण गरी दशैं अगाडि निर्माण कार्य सम्पन्न गरी आयोजना स्थलका घरघरमा खानेपानीका धारा निर्माण सम्पन्न गरिने छायाँनाथ रारा नगरपालिकाका मेयर बिष्णु कुमार भामले बताए । 


 खत्याड गाउँपालिका सक्रिय

खत्याड गाउँपालिकाले पनि आफ्नो पालिकाभित्र युएसएआइडीले अलपत्र अवस्थामा छाडेका ६ वटा आयोजनालाई पालिका आफैले निर्माण कार्यलाई निरन्तरता दिने भएको छ ।

खत्याड गाउँपालिका र युएसएआइडीको आर्थिक साझेदारीमा हिरिसडेक नेपालको प्राविधिक सहयोगमा ६ वटा आयोजना संचालित थिए । ति आयोजनाबाट ३ सय ८५ घरधुरीका घर घरमा धारा निर्माण भई प्रत्येक घरधुरीले सुरक्षित खानेपानी उपभोग गर्न पाउने थिए । 

ति आयोजनाका लागि गाउँपालिकाले ४१ लाख ८६ हजार ५ सय ७७ रुपैंयाँ बिनियोजित गरेको र बाँकी रकम युएसएआइडले ब्यर्होने सम्झौता अनुसार ५० प्रतिशत निर्माण सामग्री आयोजना स्थमा पुगिसकेको थियो ।

आयोजनाहरु अलपत्र पर्ने देखेपछी गाउँपालिकाले आवश्यक ७० लाख रकम आउँदो बजेटमा ब्यवस्थापन गरी दशैंभित्रै ६ वटा आयोजनाका प्रत्येक घरमा एक घर एक धारा पुराउने लक्ष्य राखिएको खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए ।


आगामी बजेटमा समेटिने

सोरु गाउँपालिका—८ रुमा गाउँका ८९ घरधुरीका लागि युएसएआइडी र गाउँपालिकाको साझेदारीमा एक घर एक धाराको कार्य अगाडि बढिरहेको थियो । तीन वटा आरबिटी निर्माण हुँदै मूख्य पाइपलाइनको काम सकिएको थियो । 

लामो समयदेखि पानीका समस्या झेल्दै आएका रुमाबासीहरु घर घरमा धाराबाट पानी उपभोग गर्न पाइने भएपछि खुशी देखिन्थे । तर निर्माण कार्य रोक्नुपर्ने निर्देशन आएपछि उपभोक्ता चिन्तित भएका थिए । 

उक्त आयोजना निर्माण समितिक अध्यक्ष अमृत रावल भन्छन्,‘रुमाबासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । त्यही विचमा सुरक्षित खानेपानी पुर्याउने आफनो लक्ष्य थियो । तर एक्कासी काम रोक्नु भन्ने जानकारी आएपछि काम रोकेका थियौं । तर आरबिटीहरु माटोले पुरेर पुनः प्रयोग गर्न नमिल्ने भएको हुँदा मन कटक्कै पोलेको छ ।’ तर उक्त आयोजनाहरु पनि आउँदो बजेट सभाबाट रकम ब्यवस्थापन गरी पुनः निर्माण सुरु गरिने सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । 


यो समाचारमा

सोरु गाउँपालिकाछायाँनाथ रारा नगरपालिकाकाठमाडौँखत्याड गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    घाँस काट्दा भिरबाट लडेर कालीकोटमा महिलाको मृत्यु

    काठमाडौँ,जेठ २७ । कालिकोटमा घाँस काट्दा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–२ की ४७ वर्षीया पाँचा खड्काको भिरबाट लडेर मृत्यु भएको छ। घरनजिकैको गोल्छे भीरमा घाँस काट्ने क्रममा लड्दा उनको घटनास्थलमै ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, घटना मंगलबार बिहानको हो। प्रहरीले घटनास्थलबाट शव उद्धार

    sajilo patrika

    जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

    वर्षौंदेखिको खानेपानीको दुःख अन्त्य: मालिकाको पात्लेमा घरघरै पुग्यो धारा, स्थानीय हर्षित

    हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन

    ‘तँ’ भनेको निहुँमा टीकापुरमा प्रहरीद्वारा महिलामाथि कुटपिट, सई र हवल्दार छानबिनमा तानिए

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू