काठमाडौँ। गृह मन्त्रीरमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम लाल चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धीत विषयमा उठेका विषयहरुको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले यस अघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझै उक्त घटनामा पनि सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नरहेको व्यहोरा सदन समक्ष जानकारी गराउँदै भविष्यमा यसप्रकारका घटना नदोहोरिने तर्फ सबैलाई सजग र सचेत बनाएको बताएका हुन् ।
उनले सर्वोच्च अदालतमा कार्यरत एक जना अधिकृतले सामान्य समझ र विवेक बाहिर गई गरेको अनधिकृत पत्र व्यवहारका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ हुनु परेको घटनाप्रति दुःख व्यक्त समेत गरे ।
विहिबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आ-आफनो चसोको विषयमा बोलेका छन् ।

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानको अतंकवाद विरुद्ध गरेको युद्धका कारण नेपालमा हुन सक्ने जोखिमका निम्ति आवश्यक सतर्कता अपनाउन पर्ने बताएका छन् । विहिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दैे छिमेकि मुलुकमा भएको युद्धका कारण नेपालमा जोखिम बढेको बताए हुन् । उनले भने,-जटिल समयलाइ सामना गर्न सरकार तयारी रहन हुनु पर्ने आवश्यक छ । त्यस्तै धितोपत्र बोर्डको कमिसन बारे पनि सरकारले जवाफ दिनुपर्ने र गवर्नको नियुक्ति जतिसक्दो चाडो हुनु पर्ने उनको भनाइ छ ।

रास्वपा सांसद मनीष झाले खेलकुद मैदानको लागि जनकपुरधाममा आन्देलन गर्ने चेतवानी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने लक्षमण कुटिको लागि रहेको १७ बिगा जमीन,जसको लागि डिपिआर गरेर साडे दुइ अर्बको एउटा अन्तर्राष्टिय रगसालाको परिकल्पना भयो । खेल्कुद परिसदले गुठि संस्थानलाइ बार्षिक ९ लाख रुपयाँ तिरदै आएको थियो र अहिले सम्म ४ करोड रुपया खर्च गरेका भएको छ । अहिले केहि प्रलोभनमा परि बार्षिक भाडा दर कढाएर ३९ लाख ६० हजार बढाएको छन् । यो सब काम बिचौलिया र दलाल छिरेर भएको उनको भनाइ छ । उनले भने यदि जनकपुर रगंशालाको युवाको क्रिकेटको परिकल्पना र खेलाडिहरुको सपनामा बेवधान भयो भने चाडै आन्दोलन हुने उनले सम्बन्धित पक्षको ध्यन आर्कषन गराएका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नभएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्ने अवस्था रहेको बताए ।
उनले भने,‘हरेक वर्ष जब मूख्यबाली धान रोप्ने बेला हुन्छ । किसानले पर्याप्त मल पाउँदैनन् । कोटा प्रणालीमार्फत मल वितरण हुन्छ । तर त्यो व्यवहारिक र सहज छैन् । किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्छ ।’
त्यस्तै उनले जनताले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको भन्दै पर्याप्त मात्रामा मलको उलपब्ध गराउनको लागि र दुधको पैसा भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज भएको बताए ।
‘सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज हो । यो दस्तावेज अर्कमन्यतालाई स्वीकृति प्रदान गर्न, कर्मकाण्डी प्रकृयामा प्रस्तुत भएको दस्तावेज हो,’ उनले भने ।
त्यस्तै उनले आफूले दुई वर्षको नीति कार्यक्रममा राखेका धारणाहरु आज आएर प्रमाणीत भएको धारणा बताए । नीति कार्यक्रममा बुद्दा नं १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको नीतिहरुमा रस नरहेको उनको भनाई छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्नका लागि माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले ठेक्का उर्जामन्त्रीको समेत मिलेमतो र सेटिङको कुरा आएको भन्दै सत्यतथ्य छानविनका लागि माग गरे ।
उनले के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने हो भन्दै प्रश्न गरे ।
उनले भने,‘जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा उर्जा मन्त्रालयको मन्त्री र जगदुल्लाह हाइड्रोपावरको कार्यकारी निर्देशकको मिलेमतो भएको छ भन्ने कुराहरु विभिन्न सञ्चारमाध्यममा आएको छ । के सरकार सेटिङ र मिलेमतोमा नै चलिराख्ने ? यो विषय अख्तियारमा नि गएको छ । खरिद नियमावली विपरीत छ भनेर त्यहाँ पनि गएको छ । यसमा मन्त्रीको समेत मिलेमतो भएको कारण यसको छानविनको लागि माग राख्दछु ।’
