काठमाडौँको वायु प्रदूषण मापन गर्न नयाँ ड्यासबोर्ड सञ्चालन

Author

सजिलो पत्रिका

2082 Jestha 23, Friday ०१:३९

15
Share
Featured

काठमाडौँ,जेठ २३ । 

काठमाडौँ महानगरपालिकाले काठमाडौँको वायु प्रदूषण मापन गर्न नयाँ ड्यासबोर्ड सञ्चालन गरेको छ। विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार ड्यासबोर्ड सार्वजनिक गरिएको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न  ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सञ्चालन गरेको छ ।

 उपत्यका क्षेत्रभरि विभिन्न १८ ठाउँमा ड्यास बोर्ड  जडान गरिएका छ । वायु गुणस्तर सूचकाङ्कको विवरणलाई वास्तविक समयमा हेर्न सकिने काठमाडौँ महानगरपालि वातावरण व्यवस्थापन विभागकी प्रमुख सीता राईले जानकारी दिइन्।

यसबाट कुन ठाउँमा वायुको गुणस्तरको अवस्था कस्तो छ भनेर थाहा पाउन सकिन्छ,  कामपा स्वस्थ्य सहरका लागि थालेका प्रयत्नमध्ये यो एउटा महत्त्वपूर्ण प्रयास गरिएको प्रमुख राईको भनाइ छ ।

वायु गुणस्तर सूचकाङ्कलाई रङ सङ्केत दिएर स्वास्थ्य सावधानी सूचना बोर्ड राखिने छ । वायु प्रदूषणसम्बन्धी जनचेतनामूलक भिडियो सन्देश राख्ने ठाउँ बोर्डमा छ । यसबाट सवारी साधन प्रदूषण जाँचको प्रगति विवरण हेर्न सकिन्छ । क्षेत्रपाटी चिकित्सालय, लैनचौर, कलङ्की चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा वायु प्रदूषण मापनयन्त्र जडान गरिएका छन् ।

वायु गुणस्तरको अवस्थालाई विभिन्न छवटा रङले अवस्था सङ्केत गरिएको छ । जसमा हरियो रङ राम्रो अवस्थाको सङ्केत हो । पहेँलो रङ मध्यम, सुन्तला रङ बालबालिका, ज्येष्ठ नागरिक, फोक्सोमा समस्या भएका, मुटुरोग भएका जस्ता वर्गका व्यक्तिका लागि संवेदनशील अवस्था हो । रातो रङले अस्वस्थ्य अवस्थाको सङ्केत गर्छ । 

वैजनी रङले सबै व्यक्तिको स्वास्थ्यमा गम्भीर हुनसक्ने सङ्केत गरिएको छ । यस्तै गाढा खैरो रङ जोखिमपूर्ण अवस्था हो । यसमा सबै मानिसको स्वास्थ्यमा गम्भीर असर हुनसक्छ । खासगरी पहिले नै समस्या भएकाहरूका लागि बढी असर हुनसक्छ ।


 

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँ

ट्यागहरू

#काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चितवनमा घरायसी विवाद: श्रीमानले आफ्नै घरमा लगाए आगो

    काठमाडौँ, जेठ २७ ।चितवनमा एक व्यक्तिले श्रीमतीसँगको सामान्य झगडामा आफ्नै घरमा आगो लगाएका छन्। भरतपुर महानगरपालिका - २७ का राम महतोले घरायसी विवादपछि रिसको झोंकमा आफ्नै घर जलाएका हुन्।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार, महतोको श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद भएको थियो। सोही

    sajilo patrika

    कान्स फिल्म फेस्टिभल भ्रमणमा मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    तारकेश्वरमा बिजुलीको पोलमा आगलागी

    लियो जिल्ला परिषद् बैठक असार १३ र १४ गते चन्द्रागिरीमा हुँदै

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू