वन विज्ञान अध्ययन संस्थान नजिकै युवकको शव फेला, हत्याको आशंका

Author

सजिलो पत्रिका

2082 Jestha 26, Monday ०५:५३

37
Share
Featured

काठमाडौँ, जेठ २६ । 

पोखरामा सोमबार बिहान एक युवकको बीभत्स हत्या भएको छ । पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकैको सडकमा उनको शव फेला परेको हो ।

बिहान स्थानीयले बीच सडकमा रगतले लतपतिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको अनुहार र शरीरका विभिन्न भागमा गहिरो चोटपटक देखिएको छ । घटनास्थलमा शवसँगै एउटा हथौडा पनि भेटिएकाले हत्या नै भएको प्रहरीले पुष्टि गरेको छ ।

"बीच सडकमा उत्तानो परेको शव हेर्दा हथौडा प्रहार गरेर हत्या भएको देखिन्छ," जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, "घटनास्थलमा हथौडा भेटिएको छ, तर मृतकको पहिचान खुल्ने कुनै पनि कागजात फेला परेन ।"

मृतकको पहिचान नखुल्नु र स्थानीयले पनि नचिनेका कारण अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । डीएसपी बस्नेतका अनुसार, घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ, तर घटना अझै रहस्यमय देखिएको छ ।

प्रहरीलाई बिहान ५ बजेतिर शव भेटिएको सूचना आएको थियो । स्थानीयका अनुसार राति करिब साढे १/२ बजेसम्म सडकमा मानिसहरूको आवतजावत हुँदा केही देखिएको थिएन । त्यसैले, घटना बिहान ४ देखि साढे ४ बजेको बीचमा भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण र समयबारे थप जानकारी खुल्ने प्रहरीले विश्वास लिएको छ ।

यो समाचारमा

पोखरापोखरा महानगरपालिकाकाठमाडौँ

ट्यागहरू

#पोखरा#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    म्याग्दीको कुण्डमा तातोपानीमा नुहाउँदै प्रचण्ड

    काठमाडौँ, जेठ २७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी नदी तातोपानी कुण्डमा स्नान गरेका छन् । उनले जिल्लाको अन्नपूर्ण गाउँपालिका, म्याग्दीस्थित प्रसिद्ध भुरुङ तातोपानी कुण्डमा स्नान गरे।आफ्नो भ्रमणका क्रममा तातोपानी पुगेका प्रचण्डले कुण्डमा स्नान गर्नुका साथै स्थानीयवासीसँग भेटघाट तथा अन्तर्क्रियासमेत गरेका थिए।अध्यक्ष प्रचण्ड

    sajilo patrika

    चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

    मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो

    बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

    पौडी खेल्दा बेपत्ता भएका श्रेष्ठको शव ३५ फिट गहिराइबाट निकालियो

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू