फरक-फरक ठाउँबाट बेपत्ता, तमोर किनारमा भेटियो दुई शव

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday ०१:५४

24
Share
Featured

काठमाडौँ,जेठ २७ । 

ताप्लेजुङस्थित तमोर नदीमा केही दिनअघि फरक-फरक घटनामा बेपत्ता भएकी एक बालिका र एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार, फुङ्लिङ नगरपालिका–३ टारबारीकी ११ वर्षीया गङ्गा शेर्पा र आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीकी ३७ वर्षीया कमला शेर्पाको शव फेला परेको हो।

बालिका गङ्गा यही जेठ २२ गते चिप्लिएर तमोर नदीमा खसेपछि बेपत्ता भएकी थिइन्। उनको शव छथर गाउँपालिका–३ खिरखिरेस्थित नावाखोला नजिक नदी किनारमा फेला परेको हो।

त्यस्तै, महिला कमला जेठ १९ गतेदेखि आफ्नै घरबाट हराएकी थिइन्। उनी कसरी नदीसम्म पुगिन् भन्ने विषय खुलेको छैन। उनको शव पाँचथरको हिलिहाङ गाउँपालिका–२ दुधेपानीस्थित तमोर किनारमा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचारमा

आठराई त्रिवेणी गाउँपालिकापाँचथरफुङ्लिङ नगरपालिकाहिलिहाङ गाउँपालिका
काठमाडौँ6 more

ट्यागहरू

#प्रहरी#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्रीको निर्देशन: ३० वर्षदेखि बन्द आयोजना तत्काल चलाउनू

    काठमाडौँ, जेठ २७ । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। झापाको भद्रपुरमा विगत ३० वर्षदेखि बन्द रहेको पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।मन्त्री यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन

    sajilo patrika

    झापामा मोटरसाइकल दुर्घटनामा: कार्यरत सशस्त्र प्रहरी सईको मृत्यु

    कोशी प्रदेशमा बस्ती स्थानान्तरण गर्ने सरकारको तयारी

    हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यकः मन्त्री गुरुङ

    गुणस्तरहीन पाउरोटी उत्पादन गर्ने उदयपुर बेकरीलाई १० हजार जरिवाना

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू