११ वर्षीया बालिका बलात्कार आरोपमा बर्दियाका ६६ वर्षीय वृद्ध पक्राउ

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday

65
Share
Featured

काठमाडौँ,जेठ २७ । 

बर्दियामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ६६ वर्षीय पुरुष पक्राउ परेका छन्। जिल्लाको बारबर्दिया नगरपालिका-१० वैदीका जमिल अहमद जागालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी कतर्नियाबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको हो। पीडित पक्षले जागा विरुद्ध बालिकालाई बलात्कार गरेको भनी दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ। प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यो समाचारमा

बारबर्दिया नगरपालिकाकाठमाडौँबर्दिया

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्याट विवरण नबुझाउँदा नेपालगञ्जका दुई हजार दुई सय करदाता निलम्बनमा, कारोबार रोक्का

    काठमाडौँ, जेठ २७ । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जले लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने २,२०० करदातालाई निलम्बन गरेको छ। लगातार छ महिनासम्म विवरण पेस नगरेका ती करदाताहरूको भ्याट दर्ता निलम्बन गरी व्यावसायिक कारोबारसमेत रोक्का गरिएको कार्यालयले जनाएको छ।आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेका अनुसार, बाँकेमा दर्ता भएका आठ

    Data is loading...

    Loading brands...

    Loading footer...