खेतमा जलेको अवस्थामा महिला मृत फेला, अनुसन्धानका लागि पति पक्राउ

Author

सजिलो पत्रिका

2082 Jestha 25, Sunday ०६:२५

32
Share
Featured

काठमाडौँ,जेठ २५।  

रुपन्देहीको सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन्। २२ वर्षीया सिर्जना पालको शव घरबाट करिब एक किलोमिटर टाढाको खेतमा भेटिएको हो। घटनालगत्तै प्रहरीले उनका पति प्रमोद पाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार, बिहान करिब ३ बजे खोला नजिकको खेतमा शव रहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका लागि प्रयोग गरिएको प्रहरी कुकुरले घटनास्थलबाट मृतकको घरसम्मको बाटो देखाएको थियो।

"प्रारम्भिक अनुसन्धानमा प्रहरी कुकुरले घरसम्मै पुर्‍याएकाले महिलालाई घरबाट घटनास्थलसम्म पुर्‍याइएको हुनसक्ने देखिन्छ," डीएसपी सापकोटाले भने, "यो हत्या हो वा आत्महत्या भन्नेबारे अनुसन्धानपछि मात्रै यकिन हुनेछ।"

पक्राउ परेका पति प्रमोदले भने आफूहरू सँगै सुतेको र घटनाबारे केही थाहा नभएको प्रारम्भिक बयान दिएका छन्। मृतक सिर्जना र प्रमोदको १५ महिनाअघि मागी विवाह भएको र उनीहरूका सन्तान नभएको स्थानीय वडाध्यक्ष श्रवणकुमार यादवले जानकारी दिए। घटनाको राति ९ बजेसम्म सिर्जनाले आफ्नो माइती पक्षसँग कुराकानी गरेको पनि खुलेको छ।

यो समाचारमा

रुपन्देहीकाठमाडौँसम्मरीमाई गाउँपालिका

ट्यागहरू

#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्याट विवरण नबुझाउँदा नेपालगञ्जका दुई हजार दुई सय करदाता निलम्बनमा, कारोबार रोक्का

    काठमाडौँ, जेठ २७ । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जले लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने २,२०० करदातालाई निलम्बन गरेको छ। लगातार छ महिनासम्म विवरण पेस नगरेका ती करदाताहरूको भ्याट दर्ता निलम्बन गरी व्यावसायिक कारोबारसमेत रोक्का गरिएको कार्यालयले जनाएको छ।आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेका अनुसार, बाँकेमा दर्ता भएका आठ

    sajilo patrika

    ११ वर्षीया बालिका बलात्कार आरोपमा बर्दियाका ६६ वर्षीय वृद्ध पक्राउ

    बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

    पाल्पामा पहिलो पटक भेटियो बहुमूल्य यार्सागुम्बा, स्थानीय उत्साहित

    बर्दिया र दाङमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू