भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

Author

सजिलो पत्रिका

2082 Baisakh 31, Wednesday १३:०३

141
Share
Featured

काठमाडौँ ।

पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।

पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देशमा रहन ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिइएको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“पाकिस्तानी प्रशासनले भारतीय कार्यवाहक राजदूतलाई सोधपुछका लागि परराष्ट्र मन्त्रालयमा बोलाएको र उक्त निर्णयबारे औपचारिक जानकारी दिएको थियो”, विदेश मन्त्रालयले भनेको छ, “मन्त्रालयले भारतीय नियोगलाई आफ्ना कर्मचारीहरूलाई उनीहरूको कूटनीतिक जिम्मेवारीसँग मेल नखाने कार्यहरूबाट जोगिन सुनिश्चित गर्न आग्रह गरेको छ।”

यसअघि, भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत एक अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको थियो ।  भारतीय विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देश छोड्न आदेश दिइएका पाकिस्तानी कूटनीतिज्ञले ‘भारतमा आफ्नो आधिकारिक हैसियतअनुरूप गतिविधिमा संलग्न नभएकोले उहाँलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिइएको छ ।”

यो समाचारमा

काठमाडौँपाकिस्तानभारत

ट्यागहरू

#भारत#पाकिस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गायिका रचना रिमाल अस्पताल भर्ना

    काठमाडौँ। लोकप्रिय गायिका रचना रिमाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमको लागि रूकुम पश्चिम पुगेकी रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो।नेपालगञ्जबाट मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दिएको छ। सोमबार रूकुम पुगेकी रिमालले मंगलबार सानिभेरी गाउँपालिकाको बेलटापुमा

    sajilo patrika

    चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना

    रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

    चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन

    मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू