सडकको श्रेयमा तारकेश्वरमा घम्साघम्सी: कांग्रेस-रास्वपा कार्यकर्ता सामाजिक सञ्जालमा भिड्दै

Author

निरन्जन कार्की

2082 Jestha 22, Thursday ०१:५६

6
Share
Featured

काठमाडौँ, जेठ २२।

तारकेश्वर नगरपालिका वडा नं. २ मा कोइराले खोलादेखि सिम्लेश्वर जोड्ने सडक निर्माण कार्य सुरु भएसँगै यसको श्रेय कसले लिने भन्ने विषयमा राजनीतिक दलहरूबीच तँछाडमछाड सुरु भएको छ। संघीय सांसद शिशिर खनालको पहलमा 'एक निर्वाचन क्षेत्र, एक रणनीतिक योजना' अन्तर्गत सडक विभाग, सडक डिभिजन कार्यालय काठमाडौँले १० करोडको स्वीकृत बजेटमध्ये ७ करोडमा ठेक्का प्रक्रिया अघि बढाएर निर्माण थालेको हो।

तर, 'तारकेश्वर नगरपालिका वडा नम्बर २' नामक फेसबुक पेजमार्फत यो योजना तत्कालीन सांसद तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानद्वारा अघि सारिएको दाबी गरिएको छ। वडाध्यक्ष राधाकृष्ण खड्कीले समेत उक्त पेजमार्फत एक भिडियो सार्वजनिक गर्दै योजनाको लागत पूर्वमन्त्री प्रधानको ९ करोडको पहलबाट आएको बताएका छन्।

यो विषयले सामाजिक सञ्जालमा समेत तरंग ल्याएको छ। राज्यलाई २७ खर्ब ऋणको भारी बोकाएर बनाउन लागिएको बाटोमा समेत चरम राजनीति भएको र विकास बजेटलाई नेताहरूले निजी पैतृक सम्पत्तिबाट खर्च गरे जसरी प्रचार गरिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार, तारकेश्वरमा साना विकास निर्माणका कुरामा समेत सत्तापक्ष कांग्रेस हावी हुने गरेको छ र राज्यकोषबाट भएको विकास निर्माणलाई निजीकरण गरी पार्टीका नेताहरूलाई श्रेय दिने प्रवृत्ति बढेको छ।

विवादित सडकको विषयमा तारकेश्वरका मेयरले समेत घुमाउरो पाराले फेसबुकमा स्टाटस लेख्दै 'कु कार्य' भनी आफ्नो दलको समर्थन गरेको आरोप लागेको छ। यसै विषयलाई लिएर कांग्रेसका भीमसेनदास प्रधान प्यानलका कार्यकर्ता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच सामाजिक सञ्जालमा वाकयुद्ध नै सुरु भएको छ।


यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीतारकेश्वर नगरपालिका

ट्यागहरू

#राष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चितवनमा घरायसी विवाद: श्रीमानले आफ्नै घरमा लगाए आगो

    काठमाडौँ, जेठ २७ ।चितवनमा एक व्यक्तिले श्रीमतीसँगको सामान्य झगडामा आफ्नै घरमा आगो लगाएका छन्। भरतपुर महानगरपालिका - २७ का राम महतोले घरायसी विवादपछि रिसको झोंकमा आफ्नै घर जलाएका हुन्।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार, महतोको श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद भएको थियो। सोही

    sajilo patrika

    कान्स फिल्म फेस्टिभल भ्रमणमा मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    तारकेश्वरमा बिजुलीको पोलमा आगलागी

    लियो जिल्ला परिषद् बैठक असार १३ र १४ गते चन्द्रागिरीमा हुँदै

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू