सप्तरीमा डाका समूहको आतंकः घरधनीको हत्या, लाखौंको लुटपाट

Author

सजिलो पत्रिका

2082 Jestha 23, Friday ०३:०५

19
Share
Featured

काठमाडौँ, जेठ २३ ।

सप्तरीको सुरुङ्गा नगरपालिका-८, मल्हनमा बुधबार राति डाकाहरूको समूहले एक घरमा लुटपाट गर्नुका साथै घरधनीको हत्या गरेको छ। आक्रमणमा परी मृतकका भाइ गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार राति करिब १ बजे ५ देखि ७ जनाको संख्यामा आएको हतियारधारी डाकाको समूहले स्थानीय कन्तलाल चौधरीको घरमा आक्रमण गरेको थियो। डाकाहरूको आक्रमणबाट घरधनी चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विरेन्द्र यादवले जानकारी दिए। उनका अनुसार डाकाहरूले धारिलो हतियार प्रयोग गरी चौधरीको हत्या गरेका थिए।

आक्रमणमा परी मृतकका भाइ रमाकान्त चौधरी घाइते भएका छन्। उनको हाल सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी निरीक्षक यादवका अनुसार, डाका समूहले चौधरीको घरबाट करिब ५ तोला सुन, २ केजी चाँदी र नगद ६० हजार रुपैयाँ लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको जानकारी पाउनसाथ नेपाल प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ र आक्रमणमा संलग्न डाकाहरूको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। मध्यरातमा भएको यो हिंसात्मक घटनाले स्थानीय त्रसित बनेका छन्।

यो समाचारमा

काठमाडौँसप्तरीनेपाल प्रहरीसुरुङ्गा नगरपालिका

ट्यागहरू

#मृत्यु#मधेस प्रदेश#प्रहरी#आक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    मधेस प्रदेशमा बुधबार सार्वनिक बिदा

    वीरगञ्जमा भन्सार छलीको प्रयास विफल, १३ लाखको सामान बरामद

    कविर जयन्ती मनाउन आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू