बाम्का आगलागीः ३० पसल खरानी, पीडितलाई राहत दिन सरकारसँग माग

Author

सजिलो पत्रिका

2082 Jestha 24, Saturday ००:५६

19
Share
Featured

काठमाडौँ, जेठ २४ । 

बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा भएको भीषण आगलागीबाट ३० वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्। घटनापछि पीडितहरूका लागि तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।

बुढीगङ्गा नगरपालिका–६ स्थित नवदुर्गा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएर सुरु भएको आगोले बजारका खुद्रा तथा कपडाका टिनले छाएका पसलहरूलाई क्षणभरमै आफ्नो चपेटामा लिएको थियो। प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

घटनालगत्तै जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरेको छ। अनुगमनपछि बसेको आकस्मिक बैठकले आगलागी पीडितका लागि प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरेको छ। प्रजिअ पाध्याले क्षतिको यकिन विवरण सङ्कलन गर्न प्रहरीलाई निर्देशन दिइएको र सोही प्रतिवेदनका आधारमा राहतका लागि सिफारिस गरिने बताए । 

बैठकमा बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, पूर्वसांसद लालबहादुर थापालगायत राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति थियो। बैठकले पीडितहरूलाई एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने र क्षतिपूर्तिका लागि विपद् प्राधिकरण, प्रदेश, स्थानीय तह तथा अन्य सङ्घसंस्थाहरूलाई आग्रह गर्ने निर्णय गरेको छ।

यो घटनाले जिल्लाका स्थानीय तहहरूमा दमकल अभावको समस्यालाई फेरि एकपटक उजागर गरेको छ। जिल्लाका ९ वटै पालिकाले गाडी खरिद गरे पनि आगलागी जस्ता विपद् नियन्त्रणका लागि अत्यावश्यक दमकलको अभाव हुँदा ठूलो क्षति हुन पुगेको हो।


यो समाचारमा

बुढीगंगा नगरपालिकाकाठमाडौँ

ट्यागहरू

#आगलागी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    काठमाडौँ, जेठ २७ । धनगढी उपमहानगरपालिकामा लागुऔषध (खैरो हेरोइन) सहित नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवान चिरञ्जीवी विश्वकर्मालाई लागुऔषधसहित मंगलबार पक्राउ गरिएको हो।लागुऔषध नियन्त्रण ब्युरोको धनगढीस्थित शाखा कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित प्रदेश प्रहरी कार्यालय बाहिरको

    sajilo patrika

    सुदूरपश्चिममा कोरोनाको जोखिम बढ्यो: एक सातामा १६ संक्रमित, नाकामा परीक्षण कीटको अभाव

    बेलौरी नगरपालिकाको निर्णय: गर्मी छल्न दुई दिन विद्यालय बन्द

    लम्कीचुहामा रहस्यमय अवस्थामा महिला मृत फेला

    लम्कीचुहामा अटो पल्टिँदा १० महिने बालकको मृत्यु, चालक फरार

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू