साबिक विजेता
बंगलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै घरेलु टोली
भारतले साफ यु-१९ च्याम्पियनसिपको उपाधि जितेको छ ।
गएराति भारतको अरुणाञ्चलको गोल्डेन जुब्ली रंगशालामा सम्पन्न फाइनलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो ।
खेलको दोस्रो मिनेटमै भारतले सिंगमयुम शामीको गोलमार्फत अग्रता लिएको थियो । ६१औं मिनेटमा जोय अहमदले बंगलादेशका लागि बराबरी गोल फर्काए ।
सेमिफाइनलमा भारतले
माल्दिभ्सलाई ३–० तथा बंगलादेशले
नेपाललाई २–१ ले पराजित गरेका थिए ।
भारतले चौथौ पटक उमेर समूहको उपाधि जितेको हो । यो प्रतियोगिता साफ यु–१८, १९ र २० च्याम्पियनसिपको नाममा हुँदै आएको छ ।
भारतले यसअघि सन् २०१९ मा यु–१८, २०२२ मा यु–२० र २०२३ मा यु–१९ च्याम्पियनसिपको उपाधि जितेको थियो ।